भारतको कर्नाटकमा कार र ट्रक ठोक्किँदा १३ जनाको मृत्यु

| २०८० कार्तिक ९ गते २१: १६ मा प्रकाशित

कर्नाटक । भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा बिहीबार कार र ट्याङ्कर ट्रक ठोक्किँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । सो दुर्घटना कर्नाटकको राजधानी बेंगलुरुबाट करिब ६२ किलोमिटर उत्तरमा रहेको चिक्काबल्लापुर जिल्लाको बैंगलोर-हैदराबाद राष्ट्रिय राजमार्गमा भएको हो।

"आज १३ जना बोकेको तीव्र गतिको कारले चिक्कबल्लापुरमा रोकिराखेको ट्याङ्कर ट्रकलाई ठक्कर दिँदा १२ जनाको घटनास्थलमै मृत्यु भएको र एक जना घाइते भएका थिए ।  घाइतेको  उपचारका क्रममा अस्पतालमा मृत्यु भयो," प्रहरी अधिकारीले बताए ।  प्रहरीका अनुसार यात्रु बोकेको कार छिमेकी राज्य आन्ध्र प्रदेशको अनन्तपुर जिल्लाबाट बैंगलोर गइरहेको थियो ।

कुहिराका कारण बाटो स्पष्ट नदेखिएकाले  सो दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

भारतमा हरेक वर्ष करिब पाँच लाख सडक दुर्घटनामा करिब १ लाख ५० मानिसको मृत्यु हुने गरेको अधिकारीहरूले बताएका छन्।  यद्पि भारत सरकारले सन् २०२४ सम्ममा सडक दुर्घटनामा हुने मृत्युलाई ५० प्रतिशतले घटाउने लक्ष्य राखेको छ ।एजेन्सी

प्रतिक्रिया दिनुहोस्