गाजामा इजरायली हमलाबाट मृ'त्यु हुनेको सङ्ख्या ७ हजार ३२६ पुग्यो

| २०८० कार्तिक १० गते १७: ४६ मा प्रकाशित

गाजा । गाजा पट्टीमा इजरायली सैन्य हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या ७ हजार ३२६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ।

युद्ध शुरु भएदेखि अहिलेसम्म १८ हजार ९६७ प्यालेस्टाइनी घाइते भएको पनि  मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।इजरायलले अक्टोबर ७ मा इजरायली सैन्य लक्ष्य र शहरहरूमा गाजा-सत्ताधारी हमास विद्रोहीहरूले गरेको आक्रमणको बदलास्वरूप गाजा विरुद्धको आक्रमणलाई तीव्रता दिएको छ ।  

उसले सीमित भूमिगत अपरेशनहरू पनि शुरु गरेको छ जसबाट इजरायलमा कम्तिमा एक हजार ४०० जनाको ज्यान गएको छ । रासस

प्रतिक्रिया दिनुहोस्