पाकिस्तानको सपिङ मलमा आगलागी हुँदा ११ जनाको मृत्यु

| २०८० मंसिर १० गते १५: ०८ मा प्रकाशित

काठमाडौं । पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीस्थित एउटा सपिङ मलमा भएको भीषण आगलागीमा कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै २० जनाभन्दा बढी घाइते भएका छन् ।

कराँची पूर्वी जिल्लाका डेपुटी कमिस्नर अल्ताफ शेखले शनिबार भएको आगलागीबाट हालसम्म ११ जनाको मृत्यु भएको बताए ।

बढी जलेको कारण तीनजनाको अवस्था गम्भीर छ । दक्षिणी सिन्ध प्रान्तका कार्यवाहक मुख्यमन्त्री मकबुल बाकारले घटनाको निष्पक्ष छानबिन गर्न आदेश दिएका छन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्