अर्घाखाँची समाज जापानको पाँचौ अधिवेशन आगामी जनवरी २ तारिख टोकियोमा हुने

| २०८० मंसिर १० गते १५: १२ मा प्रकाशित

टोकियो । अर्घाखाँची समाज जापानको पाँचौ अधिवेशन आगामी जनवरी २ तारिख टोकियोमा हुने भएको छ । अर्घाखाँची समाज जापानको पाँचौ अधिवेशन आगामी २०२४ जनवरी २ तारिख टोकियोको शिनओकुबो स्थित रोयल गार्डन रेस्ट्रूरेण्टमा हुने तय भएको हो।
टोकियोमा बसेको कार्यसमितिको नियमित बैठकले उक्त निर्णय गरेको हो ।

अर्घाखाँची जिल्लाबाट जापानमा आई पेशा ब्यबसाय, अध्ययन,अध्यापन सहित विबिध क्षेत्रमा छरिएर रहनु भएकाहरूलाई एउटै संस्थामा समेटेर २०१५ मा स्थापना भएको समाज जापानबासी अर्घाखाँचेलीहरूको साँझा घर बनेको छ। समाजले आफ्नो स्थापनाकाल देखी नै जापान र नेपालका बिभिन्न क्षेत्रमा सामाजिक काम गर्दै आइरहेको छ।
बिशेष गरी अर्घाखाँची जिल्लामा असाय ,गरीब तथा जटिल स्वास्थ्य समस्या भएका दर्जनौ क्षेत्रमा सहयोग गर्दै आइरहेको समाजका महासचिव नारायण भुषालले जानकारी दिनुभयो ।

अधिबेशनलाई भब्य बनाऊदै जापानका विभिन्न क्षेत्रमा छरीएर रहेका अर्घाखाँची जिल्लाका सम्पूर्ण महानुभावलाई समेट्नको लागी  समाजका अध्यक्ष दीपक थापाको नेतृत्वमा मुल ब्यबस्थापन समिति सहित विबिध उप-समितिहरु निर्माण गरीएको छ। 
अधिबेशनमा समाजका महासचिबको सांगठनिक प्रतिबेदन, कोषाध्यक्षको आर्थिक प्रतिबेदन र आगामी कार्ययोजना तय गर्ने छ ।

बैठकले अधिबेशनमा सम्पूर्ण जापानबासी अर्घाखाँचेलीहरुलाई उपस्थितको लागि आग्रह गरेको छ। कार्यसमितिको यो कार्यकालको अन्तिम बैठक डिसेम्बर १० तारिख बस्ने अधिवेशनका विषयमा थप छलफल र निर्णय गर्ने सचिब अर्जुन आचार्यले जानकारी दिनुभयो ।

पाँचौ अधिवेशनका अवसरमा आजीवन सदस्यता प्रमाणपत्र वितरण , प्रशंसापत्र, सम्मानपत्र वितरण एवम् रू. १० लाखको अक्षयकोषको घोषणा एवं शुभारम्भ लगायतका कार्यक्रम समेत रहेका छन।

अर्घाखाँची समाज जापानको नियमित भौतिक बैठकले हालको लागी विधान संशोधन उपसमिति र अधिवेशन ब्यवस्थापन उप समिति बनाएको छ।
१, विधान संशोधन
संयोजक – नारायण भुषाल
सदस्य – अर्जुन आचार्य
– निरन्जन खड़का
– मनीष खनाल
२,अधिवेशन ब्यवस्थापन समिति
संयोजक – दीपक थापा
सदस्य – बाबुराम पौडेल
– कृष्ण केसी।

प्रतिक्रिया दिनुहोस्