जापानमा अपरिचित महिलासँग सहमतिबिना यौन सम्पर्क र घाइते बनाएको आरोपमा नेपाली युवा पक्राउ

| २०८० मंसिर २८ गते १५: ५४ मा प्रकाशित

सेन्दाई जापान ।आफूले नचिनेको २० वर्षकी महिलालाई यौनजन्य दुर्व्यवहार र घाइते बनाएको आरोपमा सेन्दाईमा २२ वर्षीय नेपाली युवक पक्राउ परेका छन् ।

सहमतिबिना यौनसम्पर्क गरेको आरोपमा पक्राउ परेका पुरुष सेन्दाई शहरको याहाता आओबा–कुमा बस्ने २२ वर्षीय नेपाली व्यावसायिक विद्यालयका विद्यार्थी हुन्।

प्रहरीका अनुसार २० वर्षकी एक अपरिचित महिलालाई सेन्दाईको एक भवनभित्र डिसेम्बर २ तारिख मध्यरातमा यौन दुर्व्यवहार गरी टाउकोमा चोट पुर्याएको आरोप पक्राउ परेका नेपाली विद्यार्थीमाथि छ ।

सोही दिन बिहान करिब १२ः२० बजे सेन्दाईको आओबा वार्डमा २८ वर्षीय पुरुषको अनुहारमा मुक्का हानेर कुटपिट गरेको आरोपमा उक्त व्यक्तिलाई पहिले नै पक्राउ गरिएको थियो ।

प्रहरीले पीडितको बयानबारे केहि बताएको छैन । घटनाको परिस्थितिको विस्तृत रूपमा अनुसन्धान गरिरहेको प्रहरीलाई उदृत गर्दै जापानी समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।स्रोत - जापान समाचार 

प्रतिक्रिया दिनुहोस्