कङ्गोमा भारी वर्षाका कारण तीन सय जनाको मृ'त्यु

| २०८० पौष २१ गते १७: १३ मा प्रकाशित

किन्सासा। प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा भारी वर्षाका कारण आएको बाढीमा कम्तीमा तीन सय जनाको मृत्यु भएको एक मन्त्रीले बताएका छन् ।  

सामाजिक मामिला, मानवीय कार्य र राष्ट्रिय ऐक्यबद्धता मन्त्री मुटिङ्गा मुतुइशायीले विपद् कम्तिमा ४३ हजार सात सय ५० घरहरू भत्किएको बताएका हुन् । 


उनले सरसफाइ र सफा पानीको अभावमा महामारीको जोखिमबारे पनि चेतावनी दिए । 

मन्त्रीले कङ्गोली अधिकारीहरूलाई मानवीय टोलीहरूलाई सहयोग गर्न अन्तराष्ट्रिय एकताको लागि आह्वान गर्दै पीडितहरूलाई मद्दत गर्न तुरुन्तै कोष जारी गर्न आग्रह गरे । 

प्रतिक्रिया दिनुहोस्