अर्घाखाँचीका एक युवकको मोटरसाइकल दुर्घटनामा परि मृ'त्यु

| २०७८ भदौ २० गते १४: ३७ मा प्रकाशित

गुरुदेव खनाल ,सन्धिखर्क। अर्घाखाँची जिल्लाको भुमिकास्थान वडा नम्बर - १ सामने गाउँका युवक राजेश गमालको सडक दुर्घटना परि निधन भएको छ। 

बिगत केहि बर्ष यता देखि बुटवलको बुद्वनगरमा होटेल व्यवसायी गर्दै आएका २४ बर्षिय युवा राजेश गमालको भाद्र १९ गते अर्थात हिंजो साँझ पुर्वपश्चिम राजमार्ग कपिलबस्तुको बडगाउँ र पिपराको सडकमा मोटरसाइकल एकआपसमा ठोक्किँदा मृत्यु हुन् पुगेको खबर प्राप्त भएको छ। 

बिपरित दिशा बाट आईरहेको बजाज कम्पनिको होन्डा साईन र राजेश गमालले चलाएको २२० सीसिको पल्सर बाईक एकआपसमा ठोक्किँदा राजेश गमालको घटनास्थलमै मृ'त्यु भएको छ भने अर्का मोटरसाइकल चालक गम्भीर घाईते रहेको प्रहरी श्रोतले जनाएको छ। 

घटना मोटरसाइकल तिब्र गतिमा रहेका कारण हुन् सक्ने प्रहरी अनुसन्धानले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्