सितापुरमा एकदिने नि:शुल्क स्वास्थ शिविर सम्पन्न (तस्विर सहित)

| २०८१ बैशाख २२ गते २२: ०० मा प्रकाशित

झनक केसि,अर्घाखाँची।
बैशाख २२ -अर्घाखाँची जिल्ला शितगङ्गा नगरापालिका वाड न.२ सितापुरको सरस्वती माबिको प्राङ्गणमा एकदिने  नि:शुल्क स्वास्थ शिबिर सम्पन्न भएको छ। 

  नि:शुल्क स्वास्थ शिबिर

सितापुर रुपन्देही समुह बुटबलको आयोजना साझा हस्पिटल बुटबलको प्राबिधिक सहयोगमा एकदिने स्वास्थ शिविरमा ६ सय ७२ जनाले स्वास्थ्य सेवा लिएका छन्। 

एकदिने शिविरमा स्त्री रोग सम्बन्धी विशेषज्ञ सेवा,भिडियो एक्सरे सेवा,दन्त परीक्षण,नाक कान घाँटी,मानसिक समस्या भएकालाई मनोपरामर्श, छाला रोग, प्यालेटिभ केयर सम्बन्धी परामर्श तथा अन्य सामान्य उपचार र निःशुल्क औषधि वितरण सेवा समेत प्रदान गरिएको छ। 

ग्रामीण भेगका नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा दिने उद्देश्यले स्वास्थ्य शिविरको आयोजना गरिएको सितापुर रुपन्देही समुहका उपाध्यक्ष केशब खत्रीले जानकारी दिनुभएको थियो।। 

साझा हस्पिटलका प्रमुख गोबिन्द खनाल,महिला तथा प्रस्तुति विशेषज्ञ डा.प्रदिप कुमार श्रीबास्तब,जनरल फिजिसियन,डा.कृष्ण खनाल,हाड तथा नसा रोग विशेषज्ञ डा.लक्ष्मण शर्मा,जरनल तथा ल्यापोस्कोपिक सर्जन डा.सागर रिमाल,बाल रोग विशेषज्ञ डा.बिपिन खनाल,भिडियो एक्सरे डा.विशाल आचार्य,डा.अलिन श्रेष्ठ,फिजियोथेरापिस्ट,डा.शम्भु पाण्डे,पाठेघर क्यान्सर जाँच नर्स बीष्णु गुरुङ्ग,प्रशासकिय अधिकृत मेघराज भट्टराई,सिस्टर ४ जना,फार्मेसीस्ट ३ जना,सम्पुर्ण टिम २५ जना रहेका थिए। साथै सितापुर स्वास्थ चौकिका स्वास्थकर्मिको टोलिले सेवा दिएका थिए। 

शिविरमा उक्त क्षेत्रका ६ सय ७२ नागरिकले स्वास्थ्य सेवा लिएको सितापुर रुपन्देही समुहका सदस्य तथा साझा हस्पिटका ल्याबटेक्नोलोजीस्ट प्रमुख प्रकाश क्षेत्रीले जानकारी दिए।

शिविरमा स्वास्थ्य सेवाबाट वञ्चित रहेका ग्रामीण क्षेत्रका नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा दिने उद्देश्यले शिविर आयोजना गरिएको सितापुर रुपन्देही समुहका उपाध्यक्ष खत्रीले बताए।  शिविरमा स्त्री रोगसम्बन्धी १५० जनाको परीक्षण भएकोमा पाठेघरको मुखमा घाउ भएका १५३ भिडियो एक्सरे १७५ जना, इसिजी ४९ जना,पाठेघरमा मासु पलाएको तीनजना र एकजनाको पाठेघरको सामान्य जाँच साथै नाक कान घाटी,बालरोगहरुको सामान्य जाँच त्यस्तै,तीनजनाको पित्तथैलीमा समस्या देखिएको थियो। ५५ जनाको छाला रोग भएका बिरामीको उपचार गराइएको थियो। त्यसैगरी १५ जनालाई मनोविमर्श सेवा र एक सय ३८ जनाको सामान्य स्वास्थ्य परीक्षण गरिएको थियो। नि-शुल्क औषधि अनुमानमा ४ देखि ५ लाख सम्मको बितरण गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख छबिलाल पौडेल,बिशिस्ट अतिथी,नगर उप-प्रमुख गिता भाट,वडा.२ का अध्यक्ष राम बहादुर गोर्खा,कार्यपालिका सदस्य चुरा बहादुर बिक,वाड सदस्यहरु,विभिन्न पार्टिका प्रतिनिधिहरु,सरोकारवाला,इलाका प्रहरी कार्यालय ठाडाका प्रमुख शालिक राम खनाल,सुपा देउराली मन्दिर समितिका सचिब हरि खनाल,पत्रकार मिडिया पाटनर,सितापुर रुपन्देहि समुहका प्रतिनिधिहरु,स्वयमसेवक, लगायएको आतिथ्यतामा सस्थाको अध्यक्ष केशब खत्री,अध्यक्षतामा सचिब निर्मल क्षेत्रीको संचालकमा कार्यक्रम उद्घाटन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्