भुमिकास्थानको साना औंवलमा कुखुरा फार्ममा बाढी पस्दा ५ सय कुखुरा म'रे: लाखौंको क्षेति

| २०७८ कार्तिक ५ गते ००: ४५ मा प्रकाशित

गुरुदेव खनाल ,सन्धिखर्क। अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर - ४ को धारापानी साना औंवलमा बेमौसमी अविरल बर्षाका कारण भेल (बाढी) कुखुरा फार्ममा पस्दा ५ सय कुखुरा मरेका छन्। 

धरापानी साना औंवल निवासी पार्वती पौडेल काे कुखुरा फार्ममा गाउँ र जङ्गल काे भल एकै ठाउँ बाट डोलिएर फार्म मा पस्दा ५ कुखुरा बगाएको छ भने १५ बोरा दाना, ५ बोरा भुस नष्ट पारिदिंदा झन्डै २ लाख रुपैयाँ  बराबरको नोक्सान भएको कुखुरा फार्मकी संचालक पार्वती पौडेलले अर्घाखाँचीबुलेटिन लाई जानकारी दिनुभएको छ।

पार्वती पौडेलले बिगत १२ बर्ष यता देखि कुखुरा पालन गर्दै आईरहेकी थीइन। 

प्रतिक्रिया दिनुहोस्