सडक दुर्घटनामा गम्भीर घाइते रहेका सन्धिखर्कका मुखियाको उपचारको क्रममा निधन

| २०८१ जेठ १३ गते १३: ०७ मा प्रकाशित

अर्घाखाँचीबुलेटिन संवाददाता। 
जेष्ठ -१३ आइतवार - जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ११ रामपत निवासी कमल मुखियाको उपचारको क्रममा निधन भएको छ। 

अन्दाजी ३७ बर्षिय मुखिया सवार लु. २३ प्.८८९ नम्बरको मोटरसाइकललाई जेष्ठ ७ गते विहान मालारानी को बाँगी बाट सन्धिखर्क आउँदै गरेको देउराली यातायात प्रालिको लु. १ ज. १९८७ नम्बरको यात्रु वाहक जिपले बिहार नजिकै को सडकमा एक्कासी ठक्कर दिएको थियो। जिपको ठक्कर बाट गम्भीर घाइते भएका मुखियालाई अर्घाखाँची अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागी बुटवलको चौराहा अस्पतालमा रिफर गरिएको थियो।  

दर्घटनामा गम्भीर घाईते मुखियाको चौराहा अस्पतालमा पनि उपचार हुन न सकेपछि निजलाई थप उपचारको लागी भैरहवा मेडिकल कलेज मा रिफर गरिएको थियो। बिडम्बना जेष्ठ १३ गते आइतवार बिहान करिव ९ :३० बजेको समयमा मुखियाको उपचारकै क्रममा दुखद नि:धन हुन् पुगेको अर्घाखाँचीबुलेटिनलाई खबर प्राप्त भएको छ। 

मृतक कमल मुखियाको शव अहिले अस्पताल मै रहेको बुझिएको छ। 


यो पनि पढ्नुहोस 

सन्धिखर्क। जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १० मा यात्रु सवार रहेको जिप र मोटर साइकल एक आपसमा ठोक्किदा सन्धिखर्क ११ रामपत निवासी कमल मुखिया घाइते भएका छन्। 

मालारानी को बाँगी बाट सन्धिखर्क आउँदै गरेको लु. १ ज. १९८७ नम्बरको यात्रु वाहक जिप र विपरित दिशा बाट आईरहेको लु. २३ प्.८८९ नम्बरको मोटर साइकल विहार नजिकै को  सडकमा एक्कासि ठोक्किदा मुखियाको खुट्टा भा'च्चि'न पुगेको खबर प्राप्त भएको छ। 

दुर्घटनामा मोटरसाइकल चालक घाइते कमल मुखियालाई  जिल्ला अस्पतालमा सामन्य उपचार पश्चात बुटवल रिफर गरिएको खबर प्राप्त भएको छ। 

प्रतिक्रिया दिनुहोस्