भूमिकास्थानमा नमुना युवा नगर सभा सम्पन्न

| २०७८ माघ २१ गते १७: ५७ मा प्रकाशित

टेकराज भुसाल,मिकास्थान । भूमिकास्थान नगरपालिकामा नगरस्तरीय नमुना युवा संसद अभ्यास कार्यक्रम शुक्रबार नमुना युवा नगर सभा गरेर सम्पन्न भएको छ।

भूमिकास्थान नगरपालिकाका १० वटै वडाका युवा क्लबहरु बाट छनाेट भएर आएका २७ जना प्रतिनिधिहरु मध्येबाट  नगर प्रमुख, नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, कार्यपालिका सदस्य र सभा सदस्य बनेर युवाहरूले नमुना युवा नगर सभाकाे डेमाे प्रदर्शन गरेका थिए।

डेमाे  प्रदर्शन पछिको समापन समारोहमा बाेल्दै भूमिकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापाले स्थानीय तहको निर्वाचन भएको करिब ५ वर्षको अन्तरालमा भूमिकास्थान भित्र बिकासमा खै खाेलाे सुकाे जस्तो नभई थुप्रै बिकास निर्माणका कामहरु सम्पन्न भएको बताउदै नगर प्रमुख थापाले आगामी दिनमा युवाहरूले खाेजे जस्तो बिकास गर्नेमा आफू प्रतिबद्धता रहेको समेत बताउनुभयो।

प्रमुख प्रशासकीय अधिकृत लिल बहादुर राउत (क्षेत्री)ले जापान अमेरिका अष्ट्रेलिया बाट ल्याएकाे डलरले मुलुककाे रङ्ग नबदलिने भन्दै युवालाई स्वदेशमै केही गरि देशको बिकासमा सहयोग गर्न आग्रह गर्नुभएको थियो।

त्यस्तै जिल्ला युवा समिति दाङका अध्यक्ष सुरेश कुमार रावत, अर्घाखाँचीका अध्यक्ष लिल बहादुर बिक, सहभागी तर्फबाट टेकराज भुसाल र बसन्ता गैरेले बाेल्दै डेमाे मार्फत युवाहरुले साच्चिकै नगर सभा अनुशासित र मर्यादित तरिकाले कसरी सभा गर्ने भनी युवाहरु बाट प्रतिनिधिहरुले सिक्नुपर्ने बताउनुभएको थियो ।

समापन समारोहमा नगर उपप्रमुख खडानन्द बेल्वासे, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख तुवलाल सापकोटा, सुचना अधिकारी हरिश्चन्द्र भुसाल लगायतको आतिथ्यता रहेको कार्यक्रमकाे अध्यक्षता भूमिकास्थान नगरपालिका सामाजिक बिकास समिति प्रमुख तथा ६ नम्बर वडाका वडाध्यक्ष झविलाल बन्जाडे र शेषकान्त आसेनकाे संचालनमा सम्पन्न भएको थियाे।

प्रतिक्रिया दिनुहोस्