भुमिकास्थानको ओखटे बाट १९ बर्षिया एक विवाहित महिला ३ दिन देखि बेपत्ता

| २०७८ माघ २२ गते १९: १२ मा प्रकाशित

कमला घिमिरे ,सन्धिखर्क। अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर - १ ओखटे गाउँ देखि एक विवाहित महिला बेपत्ता भएकी छन। 

बेपता हुनेमा भुमिकास्थान ओखटे निवासी सन्तोष नेपालीकी १९ बर्षिया श्रीमती अनिता नेपाली रहेकी छिन। श्रीमान र श्रीमती बीच एकआपसमा राम्रो सम्बन्ध हुँदा हुँदै पनि आफु रोजगारीको शिलसिलामा भारत् गएको बखत आफ्नी १९ बर्षिया श्रीमती ३ दिन देखि घर परिवार बाट बेपत्ता भएको निजका श्रीमानले अर्घाखाँची बुलेटिनलाई जानकारी दिएका छन्। 

श्रीमती एका एक बेपत्ता हुँदा भारतमा रहेका अनिताका श्रीमान् चिन्तामा रहेका छन्। बेपत्ता हुने अनिता नेपालीको माइती गाउँ प्युठानको बिजुली भन्ने स्थानमा रहेको सन्तोष नेपालीले जानकारी दिएका छन्। 

तसर्थ माथि तस्विरमा देख्नुहुने अनिता नेपालीलाई कोहि कसै महानुभावहरुले कतै देख्नुभयो भने नजिकैको प्रहरी कार्यालय वा ९८७४१ ४४६९ ,+91 8837760166 ,9844788865 मित्रबहादुर नेपाली,राम बहादुर नेपाली, 9867247121 नम्बरमा तुरुन्तै खबर गरिदिनुहुन अर्घाखाँची बुलेटिन परिवार हार्दिक अनुरोध गर्दछौं।

प्रतिक्रिया दिनुहोस्