भूमिकास्थान २ मा वडा स्तरीय बाल क्लब गठन

| २०७८ माघ २४ गते १८: ३६ मा प्रकाशित

टेकराज भूसाल,अर्घाखाँची। अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ ढाकावाङ्गमा वडास्तरिय बाल क्लब साेमबार गठन भएको छ।

भूमिकास्थान नगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकाे आयोजना र शान्ता आचार्यकाे सहजीकरणमा सम्पन्न भएको कार्यक्रममा बाेल्दै भूमिकास्थान २ का वडाध्यक्ष बुद्धि बहादुर थापाले वडा भित्र रहेका बालबालिकाहरु लाई परेका समस्या समाधान गर्ने वडा कार्यालय सधैं तयारी अवस्थामा रहेको बताउनुभयाे।

कार्यक्रममा मन्त्वय राख्दै भगवती आधारभूत बिद्यालयका शिक्षक बिष्णु प्रसाद बेल्वासेले बाल क्लबले वडा भित्र जनचेतनामूलक विभिन्न रचनात्मक कामहरु सम्पन्न गरेको बताउदै आगामी दिनमा समेत क्लबलाई थप जनचेतनामूलक काम गर्न अनुरोध गर्नुभएको थियाे।

त्यस्तै वडा स्तरीय युवा क्लब भूमिकास्थान २ का अध्यक्ष टेकराज भुसालले बाल क्लब र युवा क्लबको सम्बन्ध नङ र मासुको जस्ताे भएकोले आफू र संस्था सधै बालबालिकाहरुका हक अधिकार प्राप्त गर्नका लागि हातेमालो  गर्न तयार रहेको बताउनुभयो।

भेलाले प्रकृति पोख्रेल अध्यक्ष रहेको १७ सदस्यीय बाल क्लब गठन गरेको हो। जसकाे उपाध्यक्षमा अमृत परियार र आस्था नेपाली, सचिवमा सचिन भण्डारी, काेषाध्यक्षमा गृष्मा सुनार, सहसचिवमा निर्मला थापा चयन हुनुभएको छ। त्यस्तै सदस्यहरुमा क्रमश शुशिला थापा, सागर सुनार, मनाेज सुनार, बिपिन थापा, बिपना सुनार, सुरज खनाल, बाबुराम खत्री, बन्दना पाेख्रेल, लक्ष्मी सुनार, अनिशा खत्री चयन हुनुभएको छ।

त्यस्तै भेलाले वडा अध्यक्ष बुद्धि बहादुर थापा संयाेजक रहेको १३ सदस्यीय बाल संरक्षण समिति समेत गठन गरेको छ। जसको सदस्यहरुमा क्रमशः वडा सदस्य केशरा परियार, ओमप्रकाश खनाल, तेजीराम भुसाल सुमित्रा सुनार, युवा क्लबको तर्फबाट अध्यक्ष टेकराज भुसाल, शिक्षकको तर्फबाट बिष्णु प्रसाद बेल्वासे, बिद्यालय व्यवस्थापन समितिकाे तर्फबाट चेतकान्त खनाल, महिला स्वास्थ्य स्वयंसेवीका तर्फबाट सरिता केसी, अपांग तर्फबाट राम बहादुर सुनार, बाल क्लब तर्फबाट अध्यक्ष प्रकृति पाेख्रेल र सचिव सचिन भण्डारी सदस्य रहनु भएकाे छ भने सदस्य सचिवमा भूमिकास्थान २ का वडा सचिव गाैतम थापा रहनुभएकाे छ।

प्रतिक्रिया दिनुहोस्