भुमिकास्थान ५ असुरकोटको नवनिर्मित वडा कार्यालय भवनको आज एक समारोहका बीच उद्घाटन

| २०७८ फागुन २ गते २०: ५० मा प्रकाशित

गोपालप्रसाद भट्टराई। अर्घाखाँचीको भुमिकास्थान-५ असुरकोटको नवनिर्मित वडा कार्यालय भवनको आज एक समारोहका बीच उद्घाटन भएको छ ।नगरप्रमुख रेसम थापाले उद्घाटन गर्नुभएको भवनबाट भोलीदेखि सेवा सुचारु हुने वडाध्यक्ष तुल्सीराम वेल्वासेले जानकारी दिनुभएको छ ।

असुरकोटको नवनिर्मित वडा कार्यालय भवन

 

आफ्ना बुवा शोभखर बन्जाडेको स्मृतिमा वडा सदस्य शिव बन्जाडे र उहाँको परिवारले निशुल्क प्रदान गर्नुभएको ३ रोपनी जग्गामा सुविधा सम्पन्न भवन निर्माण भएपछि स्थानीयले खुसी व्यक्त गरेका छन् । सोहि अवसरमा वडाले जग्गादाता तथा वडाबाट प्रतिनिधित्व गर्दै विभिन्न ठाउँमा गएर उत्कृष्टता हासिल गर्ने खेलाडीहरुलाई सम्मान समेत गरेको छ । 

प्रतिक्रिया दिनुहोस्