रास्ट्रिय जनमोर्चा भुनपा १को अगुवा कार्यकर्ता जन भेटघाट कार्यक्रम सम्पन्न

| २०७८ फागुन ३ गते २०: ४५ मा प्रकाशित

जीवन नेपाली अर्घाखाँची। जन भेटघाट कार्यक्रम भुनपा १ को राजिमे ,कुसुनमारे ,पोखराखर्क मा भयको कार्यक्रम मा राजमो केन्द्रिय  सदस्य तथा बामपन्थी नेता सागर केसि ,राजमो लुम्बिनी  प्रदेश सदस्य  तथा अर्घाखाँची  जिल्ला अध्यक्ष  थम्मन केसि, प्रदेश सदस्य  तथा अर्घाखाँची  जिल्ला सचिब बाबुराम पन्थी सुनार ,  जिल्ला सदस्य  कबिराम खनाल ,मेगराज खनाल  ,अखिल (छैठौं )केन्द्रिय  सदस्य  तथा जिल्ला  अध्यक्ष  जीवन नेपाली ,युवक  संघ  का केन्द्रिय  सदस्य  कृष्ण  खनाल, महिला संघ  कि जिल्ला सदस्य  खुमा बेल्बासे को पनि उपस्थिति  रहेको थियो। 

अगुवा कार्यकर्ता  जन भेटघाट कार्यक्रम  मा बोल्दै राजमो केन्द्रिय  सदस्य तथा बामपन्थी नेता सागर केसि ले  राजमो को कार्यदिशा ,राजमोले खेलेको भुमिका,निति ,सिद्धान्त आगामी कार्य योजना कोबारेमा प्रष्ट पार्नु भएको थियो।राजमो जिल्ला  अध्यक्ष  थम्मन केसि ले बोल्दै  जिल्लाको समसामयिक राजनिती अबस्था को बारेमा  र राजमो ले जनताको हकहितको काम गरेको र सधैं  जनतामै रहने प्रतिबद्धता  जाहिर गर्नु भयको छ।

राजमो जिल्ला सचिब  बाबुराम पन्थी बोल्दै  अहिले विभिन्न  राजनिती  दलहरुले  फैलाइरहेका भ्रममा नपर्न अनुरोध गर्नु भयको छ ।राजमो जिल्ला सदस्य  कबिराम  खनालले बोल्दै राजमोको नीति ,सिद्धांत र रास्ट्रियता र स्वाधीनताको पक्षमा लियको कदम मा औला ठडयाउने ठाउँ  नरहेको   बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्