घाेषित मितिमा निर्वाचन हुनैपर्छ : जिल्ला इन्चार्ज उज्ज्वल

| २०७८ फागुन ७ गते १८: ४१ मा प्रकाशित

गणेश खनाल,अर्घाखाँची । नेकपा एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज चन्द्रबहादुर खड्का उज्ज्वलले एमालेको विकल्प नरहेकाे बताउनुभयाे ।

रिटर्नी फेडेरेसन नेपालको भूमिकास्थान नगरपालिका स्तरीय प्रथम भेलालाइ सम्बाेधन गर्दै नेता उज्ज्वलले परिवर्तनकामी शक्तिको मूलधार एमाले रहेकाे बताउदै एमाले नेतृत्वकाे सरकारले राम्रो काम गरेकाले षड्यन्त्र पूर्वक परमादेश मार्फत सरकार ढालिएकाे दाबी गर्नुभयाे ।

खड्काले सरकार चुनाव नगराउने षडयन्त्रमा लागेकाे अाशङका गर्दै घोषित मितिमा चुनाब हुनुपर्ने बताउनुभयो । अासन्न निर्वाचनमा एमालेले पहिलो शक्तिमा आउने बताउदै अर्घाखाँचीका ८/१० वटा वडामा एमाले केही कमजोर जस्तो देखिए पनि एमाले प्रतिको बढदो आकर्षण र प्रवेशको लहरलाई हेर्दा चुनाव सम्म एमालेले सबै ठाउँ जित्ने परिस्थिति अाउने खड्काकाे भनाइ रहेकाे छ  । 

एमाले बाहेकका सबै पार्टीहरु घोषित वा अघोषित रुपमा गठबन्धन गरेर एमाले विरुद्ध  लागिरहेकै उल्लेख गर्दै चुनौतीकाे सामना गर्न कार्यकर्तालाई झन गतिशील भएर लागेकाे बताउनुभयाे ।

रामप्रसाद गैरेको अध्यक्षता र राजेन्द्र पन्थीकाे सञ्चालनमा सम्पन्न कार्यक्रममा  बसन्त केसी,खगेस्वर पन्थी,रेशम थापा,मणि पौडेल,प्रेमनारायण गैरे,मित्रमणी मिश्र,रामु गैरे,दामोदर भुसाल,हिमाल भुसाल,नारायण पन्थी,बशन्ता पौडेल,प्रेम थापा,झुपलाल खनाल लगाएले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे । 
भेलाले अध्यक्षमा कमल प्रसाद चुदाली,उपाध्यक्ष कृष्ण प्रसाद बन्जाडे,सचीव शान्तराज गैरे,सहसचिव बलराम मरासिनी सहित नगर कमिटी चयन गरेकाे जनाइएकाे छ।

प्रतिक्रिया दिनुहोस्