ढिकुराको श्री शारदा माविमा बाल क्लब को आयोजना मा सदनात्मक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

| २०७८ फागुन २७ गते १८: ०० मा प्रकाशित

पारस भट्टराई, ढिकुरा।अर्घाखाँची जिल्लाको भुमिकास्थान बडा नम्बर ९ मा रहेको श्री शारदा माध्यमिक विद्यालय मा रहेको बिधालय बाल क्लब को आयोजना मा सदनात्मक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ।

बाल क्लब का अध्यक्ष श्री पारस भट्टराई को संचालन शिक्षक श्री बिजयराज पौडेल को सहजिकरण,बाल क्लब पदाधिकारी सुनिता पोख्रेल को प्रश्न शिक्षक श्री अजयराज चौधरी को सहजिकरण मा शिक्षक श्री कृष्ण प्रसाद भट्टराई समय पालक को रुपमा हुनुहुन्थ्यो।

उक्त कार्यक्रम मा ३२ ओटा प्रश्न सोधेमध्ये भानुभक्त सदन ले ६ ओटा प्रश्न को उत्तर दिएर प्रथम स्थान हासिल गरेको छ। यस्तै सगरमाथा सदन ले ५ ओटा प्रश्न को उत्तर दिएर दोस्रो स्थान प्राप्त गर्न सफल भएको छ। यस्तै डाँफे सदन ले ४ ओटा प्रश्न को उत्तर दिएर तेस्रो स्थान प्राप्त गर्न सफल भएको छ।

प्रथम स्थान हासिल गर्न सफल भएको भानुभक्त सदन लाई बिधालय का प्रधानाध्यापक ले पुरस्कार प्रदान गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्