अर्घाखाँचीमा शितगंगाका नव रेफ्री आकाश बेल्बासे बने आलोचित: अब देखि जिल्ला भित्र हुने प्रतियोगितामा रेफ्रीको भूमिकामा नबोलाईने

| २०७८ चैत ६ गते १३: ०६ मा प्रकाशित

अर्घाखाँची। अर्घाखाँची जिल्लाको शितगङ्गा नगरपालिका का भलिवल खेलका नव रेफ्री आकाश बेल्वासे ढाकावाङमा पिपलनेटा बजार बिकास संस्था द्वारा आयोजित दोस्रो पिपलनेटा खुल्ला भलिबल प्रतोगितामा बिबादित बनेका छन्। 

बेलबासे भलिवल खेलका नव रेफ्री हुन्। उनले रेफ्रीको सर्टिफिकेट लिएता पनि प्रतियोगितामा गर्ने रेफ्रीको जिम्वेवारिमा अपरिपक्कता भएको पिपलनेटामा आयोजित भलिवल खेलमा समावेशी खेलाडी र दर्शक हरुले मुल्यांकन गरेका छन्। 

उक्त प्रतियोगितामा आकाश बेलबासेलाई रेफ्रीको जिम्वेवारी बाट हटाउनु पर्ने नारा समेत लागेको थियो। उनकै कारण खेल झन्डै आधा घण्टा अवरोध भएको थियो। खेलमा खेलाडी हरुले गरेको गलत के हो भनेर रेफ्री बनेका बेलबासेलाई सोधपुछ गर्दा जवाफ दिन नसकेको र के कारण सिठी बजाईयो भन्ने कुराको व्य्वाखा गर्न नसकेको खेलाडी हरुले बताउँछन्। 

ढाकाबाङ्गमा रेफ्रीको जिम्वेवारिमा अपरिपक्कता देखाएका शितगंगाका बेल्बासेलाई जिल्ला भित्र हुने कुनै पनि प्रतियोगिता मा रेफ्रीको भूमिकामा न बोलाउँने पिपल नेटामा सहभागी रहेका जिल्लाका अधिकतम  क्लबहरुले बताएका छन्। उनले पिपल नेटामा निभाएको रेफ्रीको भूमिका अनफेयर भएको भन्दै आयोजक समुह छाडेर अन्य सबै टिम का खेलाडीहरुले चर्को आलोचना गरेका छन्।

प्रतिक्रिया दिनुहोस्