ढाकावाङको पिपलनेटा भलिवल प्रतियोगितामा आयोजक र रेफ्रीको आ'फु'खु'सी: खेल अनफेयर भएको भन्दै बुलेटिन क्लबले पुरस्कार नलीई फर्कियो

| २०७८ चैत ६ गते १३: ४९ मा प्रकाशित

अर्घाखाँची।अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका ढाकावाङमा पिपलनेटा बजार बिकास संस्था द्वारा आयोजित दोस्रो पिपलनेटा खुल्ला भलिबल प्रतोगिता विवादका साथ् सम्पन्न भएको छ। 

आयोजक समूह नै बिजेता हुनु पर्छ भन्ने हेतुले रेफ्री,लाईन्स म्यान सहित सेटिंगमा आयोजना गरिएको उक्त प्रतियोगितामा आयोजक समुह नै बिजेता बनेको छ। 

भर्खरै मात्र रेफ्री को सर्टिफिकेट पत्र हासिँल गरेका सितगङ्गाका आकाश बेल्बासेको गलत निर्णले क्वाटर फाइनलमा फलाम  खिल्जी भलिवल क्लबले पराजित भोग्न परेको उक्त टिमका खेलाडीहरु बताउँदछन भने फाइनल खेलमा अर्घाखाँची बुलेटिन भलिवल समुहलाई पटक - पटक  सहि बल र रोटेशन लाई पनि गलत भनेर आयोजक टिमलाई बिजेता गराउँन लागि पर्ने सह - रेफ्री आकाश बेल्वासे उक्त प्रतियोगिताको धेरै नै आलोचित रेफ्री बनेका छन। 

आयोजक संगको मिलोमत्तोमा उक्त प्रतियोगितामा सहि रोटेशन र बल लाइ पनि गलत निर्णय गरिदिने आकाश बेल्बासेलाई अर्घाखाँची का कुनै पनि प्रतियोगितामा रेफ्री को दर्जा दिएर नबोलाउने उक्त प्रतियोगितामा समावेसी भलिवल क्लबहरुका खेलाडीहरुले आक्रोश का साथ् बताएका छन। 

आफु रेफ्री को प्रमाणपत्र लिएर रेफ्री हुँ भन्ने बेल्बासे आफु रेफ्रीगर्न पुग्ने प्रतियोगितामा बिपक्षि टिम लाई हराइदिन्छु भनेर आफुलाई फाइदा हुने ब्याक्ति बिशेष संग फोनमा कुराकानी गर्ने गरेको समेत उक्त प्रतियोगितामा मा समावेशी खेलाडीहरुले सुनेको बुलेटिन मिडियालाई बताउँदछन्। 

पिपलनेटा बजार बिकास संस्था द्वारा आयोजित दोस्रो पिपलनेटा खुल्ला भलिबल प्रतोगितामा रेफ्री आकाश बेल्बासेले पटक - पटक गरेको गलत निर्णयलाई अर्घाखाँची बुलेटिन भलिवल क्लब ले अस्विकार गर्दै चौंथो सेटमा खेल समाप्त नहुँदै भलिवल कोर्ट बाट बाहिर निस्किएको थियो। 

आयोजक र रेफ्रीको अत्यन्तै कम्जोर भएको भन्दै अर्घाखाँची बुलेटिन समुहलाई पराजित भएको घोषित गर्दै बिपक्षि टीमलाई बिजेता भएको घोषणा  गरेको थियो। यस प्रकारको निर्णय ले उक्त प्रतियोगिता नै आलोचित बनेको छ भने अर्घाखाँची बुलेटिनले रेफ्री र आयोजक को कमजोरी साथै खेल अनफेयर भएको भन्दै आफ्नो पुरस्कार नलिने निर्णय गरेको छ। 

प्रतिक्रिया दिनुहोस्