अखिल (छैठौं)को केन्द्रीय सदस्यमा टेकराज भुसाल मनोनीत

| २०७८ चैत ८ गते २३: ०० मा प्रकाशित

भुमिकास्थान। अखिल (छैठौं)को केन्द्रीय सदस्यमा टेकराज भुसाल मनोनीत भएका छन्।

अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर २  (साविक ढाकावाङ्ग ७) मा जन्मेका भुसाल अखिल (छैठौं) विश्व मावि मुल इकाई समितिको सहसचिव, सचिव, अध्यक्ष हुँदै अर्घाखाँची जिल्ला सदस्यको जिम्मेवारी १ कार्यकाल पूरा गरेर अध्ययनका लागि बुटवल गएपछि अखिल (छैठौं) रुपन्देहीको सदस्य पदमा रहेर १ कार्यकाल पूरा गरेका भुसाल हाल अखिल (छैठौं) रुपन्देहीको सहसचिव र लुम्बिनी प्रदेश समिति सदस्यको जिम्मेवारीमा थिए। 

भुसाललाई चैत ८ गते बुटवलमा बसेकाे अखिल (छैठौं) केन्द्रीय समितिको बैठकले  केन्द्रीय सदस्यमा मनाेनित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्