अर्घाखाँचीका एक युवा जालन्धर बाट घर आउँने क्रममा ५ दिन देखि बेपत्ता

| २०७८ चैत २० गते १५: ०० मा प्रकाशित

कमला घिमिरे,अर्घाखाँची। अर्घाखाँचीको भुमिकास्थानका नारायण बिक ५ दिन देखि घरपरिवार बाट सम्पर्क बिहिन रहेका छन।

भारत को जलन्धर बाट घर अर्घाखाँचीका लागि हिडेका नारायण बिक बीच बाटोमा पुगीसकेपछी अन्तिम पटक आफ्नी दिदीलाई म खाना खाने ठाउँमा छु भनि जानकारी गराएको निजका घरपरिवारले अर्घाखाँचीबुलेटिन लाई जानकारी दिएका छन।

बेपत्ता रहेका नारायण बिकका भिनाजुले दिएको जानकारी अनुसार जालन्धर बाट नेपालका लागि हिडेको बसले खाना खाने ठाउँबाट हिड्दा यात्रुहरु लाई न खोजि ,यात्रु लाई खाना खाने ठाउँमा छाडेर चालकले चरम लाहपर्बाही गर्दै गाडी हिडालेको कारण नारायण बिक बीच बाटो बाटै परिवार देखि सम्पर्क बिहिन हुन पुगेको बुझिएको छ।  

जलन्धर बाट टिकट लिएर नेपाल आउँने  यात्रु लाई खाना खाने ठाउँमा गाडी रोकी सके पछि पुन: उक्त ठाउँ बाट हिड्दा यात्रुहरुको  खोजी न गरि बीच बाटोमै  छोडेर गाडी हिडाल्नु चालक दल हरुको गम्भीर लाहपर्बाही देखिन्छ।


बेपत्ता रहेका नारायण बिकको गाडीमा रहेको झोला मोबाइल भने चालकले पुन: जालान्धर बससमितिलाई बुझाईदिएको जानकारी आएको छ। बिक परिवार बाट सम्पर्क बिहिन रहे संगै निजको घर परिवार अत्यन्तै चिन्ता रहेका छन्। 


कृपया माथि तस्विर मा देख्नु हुने नारायण बिकलाई कहिँ कतै देख्नु भयो भने तुरुन्तै नजिकैको प्रहरी कार्यालय वा 9864564710 मोबाइल नम्बर तुरुन्तै खबर गरिदिनु हुन् अर्घाखाँची बुलेटिन परिवार हार्दिक अनुरोध गर्दछौं। 

प्रतिक्रिया दिनुहोस्