अर्घाखाँची जिल्लामा नेकपा (एमाले) का उम्मेदवारले चुनाब जित्न धमाधम पैसा बाड्दै

| २०७९ बैशाख २५ गते २०: २९ मा प्रकाशित

कमला घिमिरे ,सन्धिखर्क । अर्घाखाँची जिल्लामा नेकपा (एमाले) का उम्मेदवारले मतदातालाई प्रभावित पार्न धमाधम पैसा बाड्ने, निर्माणका सामाग्री वितरण गर्ने लगायतका कार्यलाई तिव्रता दिएका छन् ।

भूमिकास्थान नगरपालिका वार्ड २ ढाकावाङ र ३ धारापानीमा पिपलनेटामा एमालेका तर्फबाट नगर प्रमुखका उमेदवार रेशम थापाले पठाएको अबैध होमपाइप प्रहरीले बरामद गरेको अर्को दिन पाेखराथाेकमा पनि बाढन लागेको रकम बरामद भएको हो।

पाणिनी गाउँपालिका वडा नम्बर २ पाेखराथाेककाे साविक ४ सालघारीमा नेकपा एमालेका उम्मेदवारले मतदातालाई प्रभावित पार्न रकम बाडेका छन् । एमालेका अध्यक्ष पदका उम्मेदवार माधव गाैतमले मतदातालाई बाडेकाे २० हजार र ५० हजार रुपैयाँको चेक स्थानीयले बरामद गरेका थिए ।

यस्तै भूमिकास्थानमा शुक्रवार रातीको समयमा बिना श्रोत ल्याइएको होपपाइप स्थानियहरुले सोधपुछ र बरामद गरि ढाकावाङ प्रहरीमा बुझाएका हुन् पिपलनेटामा ३ वटा र चौतारामा ३ वटा अनलोड गरिएको होपपाइप सहित पाइप ल्याएको सवारी सहित ३ जनालाइ स्थानियहरुले प्रहरी चौकीमा बुझाएका हुन ।

एमालेका तर्फबाट नगर प्रमुखका उमेदवार रेशम थापाले उक्त होमपाइप पठाएको पक्राउ परेकाहरुले बयान दिएका छन् । यस्तै एमालेले जिल्लाका विभिन्न गाउँ – गाउँमा पैसा बाडदै पार्टी प्रवेश गराउदै आएको विपक्षीले आरोप लगाउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्