अर्घाखाँचीमा जनमोर्चाको पहिलो खाता: भूमिकास्थान २ मा प्यानल सहित विजयी

| २०७९ जेठ १ गते १४: ०८ मा प्रकाशित

हरि प्रसाद भुसाल। अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. २ बाट राष्टिय जनमोर्चाले पहिलो खाता खोलेको छ ।

केहीबेर अघि भएको मतगणनामा राष्टिय जनमोर्चाको तर्फबाट वडा अध्यक्षको उम्मेदवार बनेका बुद्धी बहादुर थापा प्यानल सहित निर्वाचित बनेका हुन् ।

नेकपा एमालेको तर्फबाट वडा अध्यक्षको उम्मेदवार बनेका ऋषी खनाललाई २३ मतले पछाडी पार्दै थापाले ५१६ मतका साथ जित हात पारेका छन् ।

जनमोर्चा र नेपाली काँग्रेसविच चुनावी तालमेल रहेको यो वडामा चार जना जनमोर्चाबाट निर्वाचित हुँदा एकजना महिला सदस्य भने नेपाली काँग्रेसबाट निर्वाचित भएकी छन् ।

प्रतिक्रिया दिनुहोस्