माओवादी केन्द्रका ज्येष्ठ सदस्य खनालको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान

| २०७९ जेठ १९ गते १६: १९ मा प्रकाशित

अर्घाखाँची। अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर २  उपल्लो ढाकावाङ्ग निवासी नेकपा (माओवादी केन्द्र)का ज्येष्ठ सदस्य तथा नेकपा (माओवादी केन्द्र) भूमिकास्थान नगर कमिटी सदस्य जगत प्रसाद खनालका बुवा खिमलाल खनालको निधन भएको छ । ९५ वर्षीय खनालको जेठ १८ गते राति निधन भएको हो ।

खनालको जेठ १९ गते बिहीबार सम्मानका साथ अन्त्येष्टि गरिएको छ । खनालको पार्थिव शरीरमा नेकपा (माओवादी केन्द्र) भूमिकास्थान नगर कमिटी अध्यक्ष नरेन्द्रमान मुखियाले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो।

सो क्रममा मुखियाले खनालको निधन प्रति गहिरो दुुःख व्यक्त गर्दै आफूहरुले भद्र, शालीन, बौद्धिक अभिभावक गुमाएको र नेपालको कम्युनिष्ट आन्दोलनले एक अनुभवी सदस्य गुमाएको बताउनुभयो ।

भूमिकाथान आर्यघाटमा गरिएको अन्त्येष्टिमा अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न एकिकृत अखिल नेपाल शिक्षक संगठनका लुम्बिनी प्रदेश कमिटी सदस्य रुद्रमणि खनाल, राष्ट्रिय जनमाेर्चाका प्रतिनिधि भुवानन्द भुसाल, नेकपा (एमाले)का प्रतिनिधि राम बहादुर बस्नेत, नेपाली काङ्ग्रेसका प्रतिनिधि नुमानन्द खनालले स्वर्गीय खनाललाई श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो।

श्रद्धाञ्जली सभाको सञ्चालन नेकपा (माओवादी केन्द्र)का भुमिकास्थान नगर कमिटी उपाध्यक्ष बाबुराम खनालले सञ्चालन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्