नव वर्षकाे अवसरमा भूमिकास्थानकाे ढाकावाङ्गमा विविध खेलकुद कार्यक्रम शुरु (तस्विर सहित)

| २०८१ बैशाख १ गते २०: ५५ मा प्रकाशित

टेकराज भुसाल,,अर्घाखाँची । जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर-२ अन्तर्गत रहेको देविकास्थान झाक्रिशाला टाेल बिकास संस्थाको आयोजनामा विविध खेलकुद कार्यक्रम शुरु भएको छ।

राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने उदेश्यले नव वर्षको अवसरमा संस्थाले ३ दिने शुभकामना आदानप्रदान तथा विविध खेलकुद कार्यक्रमक शुरु गरेको हो।

भूमिकास्थान नगरपालिकाका नगर प्रमुख झविलाल थापाले उद्घाटन गर्नुभएको कार्यक्रममा २ नम्बर वडा अध्यक्ष बुद्धिबहादुर थापा, वडा सदस्य नारायणप्रसाद खनाल, भूमिकास्थान युवा संजालका अध्यक्ष टेकराज भुसाल, भगवती माविका अध्यक्ष चेतकान्त खनाल लगायले शुभकामना मन्त्वय राख्नुभएको थियो।

संस्थाका अध्यक्ष जितेन्द्र खत्रीको अध्यक्षता, सचिव गणेश सुनारकाे संचालन र सदस्य रामबहादुर खत्रीको स्वागत मन्त्वयमा भएको कार्यक्रम कार्यपालिका सदस्य केशरा परियार र विभिन्न संघसंस्था अध्यक्ष तथा प्रतिनिधिहरुकाे आतिथ्यता रहेको थियो।

३ दिनसम्म संचालन हुने विविध खेलकुद प्रतियोगितामा भलिबल, घैटाेफाेर, कुर्ची दाैड, रसी तान्ने, रमाइलो भित्र बाहिर लगायतका खेलहरु संचालन हुने अध्यक्ष जितेन्द्र खत्रीले बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्