भूमिकास्थानको ढाकावाङ्गमा नि:शुल्क स्वस्थ्य शिविर शुरु, नगर प्रमुख थापाद्वारा उद्घाटन

| २०७९ जेठ २० गते १८: ५४ मा प्रकाशित

भुमिकास्थान। भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ काे ढाकावाङ्गमा नि:शुल्क स्वास्थ्य शिविर शुक्रबारदेखि शुरु भएको छ।

शिविरको एक समारोहबीच भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाले उद्घाटन गर्नुभएको छ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लिल बहादुर राउत क्षेत्री, पुर्व नगरप्रमुख रेशम थापा, राष्ट्रिय जनमाेर्चा भूमिकास्थान नगर कमिटी सदस्य बावुराम खनाल, नेकपा (माओवादी केन्द) नगर कमिटी अध्यक्ष नरेन्द्रमान मुखिया, नेकपा (एमाले) का प्रतिनिधि रिषीराम खनाल, नेपाली काङ्ग्रेसका प्रतिनिधि चुरामणी खनाल लगायतले स्वास्थ्य शिविर सफलताको शुभकामना दिनुभएको थियो।

स्वर्गीय पिता बालानन्द खनालकाे स्मृतिमा छाेरा पाण्डव खनालको संयाेजकत्वमा तथा भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ र भुमे मन्दिर व्यवस्थापन समितिको सहजीकरणमा भुमे मन्दिर परिसरमा सुरु भएको शिविर २२ गते आइतबारसम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया दिनुहोस्