भुमिकास्थान बजेट: शिक्षा, स्वास्थ, कृषि र पर्यटनमा प्राथमिकता

| २०७९ असार १४ गते १८: ४८ मा प्रकाशित

टेकराज भुसाल, अर्घाखाँची ।
असार १४ - भुमिकास्थान नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को लागि  ८६ करोड ३६ लाख ६९ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ। 

 शिक्षा, स्वास्थ, कृषि र पर्यटनमा बढि प्राथमिकता दिदै  ११औं नगर सभाबाट  रकम विनियोजन गरिएकाे नगरप्रमुख झबिलाल थापाले जानकारी दिए ।

नगरपालिकाले सामाजिक विकास तर्फ ५७ वटा नीति तथा कार्यक्रम स्वीकृत गरेको छ भने आर्थिक विकास तर्फ ३२ वटा, पुर्वाधार विकास तर्फ ३३ वटा, वन वातावरण तथा विपद् व्यवस्थापन तर्फ ११ वटा, सुशासन तथा संस्थागत विकास तर्फ १७ वटा नीति तथा कार्यक्रम स्वीकृत गरेको छ।

प्रतिक्रिया दिनुहोस्