दिल्लीमा करेन्ट लागेर अर्घाखाँची धनचौर का एक युवकको दु:खद निधन

| २०७९ सावन १७ गते १९: ०४ मा प्रकाशित

अर्जुन थापा,अर्घाखाँचीबुलेटिन।अर्घाखाँची जिल्लाको  भुमिकास्थान नगरपालिका वडा नं ५ धनचौर पाकु घर भइ हाल भारत को राजधानी दिल्ली मुखर्जी नगर  मा रोजगारी गर्दै आएका गोबिन्द मगरको हिजो राती एक्कासि करेन्ट लागेर मृ'त्यु भएको छ । 

उक्त घटना थाहा पाए लगतै प्रवासी नेपाली संघ का केन्द्रिय सचिवालय सदस्य तथा समाजसेवि जीवन शर्मा घटना स्थलमा पुग्नु भएको थियो। घटना करिब ८  जाना ब्याक्तिहरु संगै काम गर्ने क्रममा अरु लाई करेन्ट ले हल्का झटका दिएको तर  मृत्यु हुने गोबिन्द लाई भने करेन्ट लागेर चिपकाएको अवस्थामा रहेको उनका साथी हरुले जानकारी दिएका छन्। गोबिन्दको घटना स्थलमै मृत्यु भएको प्रहरी श्रोतले जनाएको छ। 
 
साथै उहाँहरुका आफन्तहरु पनि अहिले सम्पर्कमा आईसक्नु भएको जानकारी प्राप्त भएको छ। मृतकका दाइ पन्जाब बाट दिल्ली आइ सके पछि शवलाई नेपाल लैजाने या दिल्लीमै अन्तिम दांहसंस्कार गर्ने भन्ने बिषयमा टुङ्गो लाग्ने बुझिएको छ।

साथै प्रवास मा दिन प्रतिदिन यस्ता घटना घटिरहेको सामाजिक संजाल अथवा विभिन्न संचार माध्यम मा हेर्न सकिन्छ नेपाल को बढ्दो बेरोजगारी र बिदेशीएका युवा खास गरि भारत मा काम गर्ने नेपाली मजदुर हरु को न त नेपाल सरकार ले केहि सुबिधा दिएको छ न भारत सरकार ले? छिमेकी राष्ट्र भारत मा लाखौं संख्या मा नेपाली हरु आफ्नो घर परिवार को सपना बोकेर आएका हुन्छ्न यस्तो घटनाहरु  ले त्यो परिवार मा के असर गरेको छ भने कुरा नेपाल सरकार ले बुझ्ने कोसिस गरि उचित ब्यबस्था गरोस भन्ने हामि चाहान्छौँ। अर्घाखाँचीमाबुलेटिन सधै मजदुर हरु को हक हित को लागि सधै बुलन्द अवाज र सरोकारवाला लाई खबरदारी गर्ने छौं। 

प्रतिक्रिया दिनुहोस्