राजमो सक्रिय सदस्य पूर्णकला खनालको निधन

| २०७९ सावन २५ गते १९: ०८ मा प्रकाशित

भुमिकास्थान। अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वार्ड नम्वर १ ओखटे निवासी राष्ट्रिय जनमाेर्चाका सक्रिय महिला सदस्य पूर्णकला खनालको निधन भएको छ। 

राष्ट्रिय जनमाेर्चाका सक्रिय सदस्यहरु डासिराम खनाल, रामप्रसाद खनाल, गिरीराज खनाल, कमल खनाल र नारायण खनालकी आमा पूर्णकला को ७३ वर्षको उमेरमा बुधबार बिहान निधन भएको हो।

उहाँको आज सम्मानका साथ अन्त्येष्टि गरिएको छ । खनालको पार्थिव शरिरमा राष्ट्रिय जनमाेर्चा जिल्ला समिति अर्घाखाँचीका सदस्य भाेजराज खनालले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो।

बङ्गमारे आर्यघाटमा गरिएको अन्त्येष्टिमा अखिल (छैठौं) का केन्द्रीय सदस्य टेकराज भुसाल, अखिल नेपाल शिक्षक संघका प्रतिनिधि कृष्ण खनाल लगायतले स्वर्गीय खनाललाई श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्