भुमिकास्थान ९ का स्थानीयद्वारा चुनढुङ्गा उत्खनन कार्य नगराउँन वार्ड जनप्रतिनिधि लाई निवेदन

| २०७९ भदौ २२ गते २२: १७ मा प्रकाशित

गुरुदेव खनाल ,सन्धिखर्क। भुमिका स्थान नगरपालिका वार्ड न.९ का स्थानीय जनता ले कतै षड्यन्त्र पुर्बक केही आर्थिक राजनीतिक प्रभोलनमा परि  चुनढुङ्गा उत्खनन कार्य नगराउन वार्ड जनप्रतिनिधि लाई निवेदन मार्फत ध्यानाकर्षण गराएका छन।

 निवेदन

केही दिन देखि जिल्लाका केही राजनीतिक दल लगायत केही दलालि ब्यक्ति हरुलाई आर्थिक लगायत अन्य प्रभोलनमा पारी नरपानीमा गोप्य मिटिङ्ग र दिनहु पार्टी र भेटघाट भयका खबर हरु बाहिर आयका थिए। 

अधिकतम त्यहाका जनताहरुको भावना र हित विरुद्ध गैइ केही आफ्ना निजि ब्यक्तिगत स्वार्थमा भुमिका स्थान नगरपालिका र ४ हजार धुरिले सदुपयोग गरिरहेको जिबन उपयोगी खानेपानी को चरम संकट लाई समेत बेवास्ता गरि भुमिका स्थान र समग्र अर्घाखाँची को भबिस्य अन्धकार बनाउने दुस्साहस त हुँदै छैन ।

आज आफुले नै निर्बाचित गरेका जनप्रतिनिधि बाट नै जनतालाई धोका र त बैमानी हुने हैन भनी जनताहरु त्रासित भयका छन। आज स्थानीय ले यो उत्खनन कार्य कुनै पनि हालतमा कार्यनयन नगराउन वार्ड कार्यलयमा उजुरी दियका छन उक्त उजुरी र निवेदनलाई बेवास्ता गरे शसक्त्त आन्दोलन मा जाने चेतावनी पनि स्थानीय ले दियका छन।

स्थानीय 

यस्तो उत्खनन सुरु नहुदै त सामाजिक सौन्दर्यता यसरी बिग्रेको छ, स्वार्थ को लागि सामाजिक मुल्यता पनि भुलेको र यदि उत्खनन भय भयावह बिकृती उत्पन्न हुने तर्फ चिन्तित हुनु आबश्यक रहेको छ।

पर्याबरणिय पर्यटकीय सामाजिक र आर्थिक कुनै पनि हिसाबले त्यो उत्खनन जनताको पक्षमा नरहेको बरु मसिना लेख र यो क्षेत्र लाई पर्बद्द्न गरे यहाको धार्मिक क्षेत्रले पनि पहुँच पाउने थियो। 

मसिना को लेखबाट लगभग पुरै अर्घाखाँची लगायत प्युठान गुल्मी पाल्पा र कपिलवस्तु जिल्ला का दृश्य सम्म देख्न सकिन्छ। क्षणिक स्वार्थमा भबिश्यका सनततिलाई समेत असर पर्ने क्रियाकलाप नगर्न बिशेश अनुरोध सहित निवेदन दिएका छन

स्थानीय 

प्रतिक्रिया दिनुहोस्