विश्व मावि ढाकावाङ्गको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा खनाल सर्वसम्मत चयन

| २०७९ असोज २ गते १९: ४१ मा प्रकाशित

टेकराज भुसाल।भूमिकास्थान नगरपालिका वार्ड नम्बर १ ढाकावाङ्गमा अवस्थित विश्व माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा भाेजराज खनाल सर्वसम्मत चयन हुनुभएको छ।

अध्यक्षमा भाेजराज खनाल

विद्यालय व्यवस्थापन समितिको आइतबार सम्पन्न बैठकले भूमिकास्थान नगरपालिका वार्ड नम्बर १ का पुर्व वडाध्यक्ष समेत रहेका खनाललाई सर्वसम्मतिले अध्यक्षमा चयन गरेको हो।  

विश्व माध्यमिक विद्यालय व्यवस्थापन समिति

 जस अनुसार समितिको सदस्यहरुमा क्रमश: विष्णुप्रसाद खनाल, लक्ष्मी खनाल, रमा खनाल, अमृता भुसाल (चुदाली) र गुरुदेव खनाल रहनु भएकाे छ। विद्यालय रहेको क्षेत्रको वडाध्यक्ष वा सदस्य विद्यालय व्यबस्थापन समितीमा रहने प्रावधान अनुरुप भुमिकास्थान १ का वडाध्यक्ष गाेपाल प्रसाद खनाल, पदेन सदस्य तथा शिक्षक प्रतिनिधिमा रुद्रमणि खनाल र सदस्य सचिवमा प्राचार्य गाेपाल प्रसाद आचार्य रहनु भएको छ । 

विश्व माध्यमिक विद्यालय 

यसैविच नवनिर्वाचित अध्यक्ष भाेजराज खनालले विद्यार्थी, शिक्षक र अभिभावक विचको त्रिकोणात्मक सम्वन्धलाई सुमधुर र सुदृढ बनाउदै विश्व माध्यमिक विद्यालयलाई नमूना र उत्कृष्ट शैक्षिक संस्थाको रूपमा स्थापित गर्न क्रियाशील रहने बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्