भुमिकास्थान नगरपालिका मा पैसाको आडमा चुनढुङ्गा मा'फि'या सक्रिय

| २०७९ असोज १० गते २०: ५९ मा प्रकाशित

गुरुदेव खनाल ,सन्धिखर्क। भुमिका स्थान नगरपालिका वार्ड न. ९ मा नगरपालिकाले स्पष्ट रुपमा चुनढुङ्गा उत्खनन कार्य गर्न नदिने कार्यपालिका को निर्णय सार्बजनिक भै सकेपछि पनि, अब कुनै उपाय नलागे पछि सोझा जनताहरुलाई भ्रम र केही झुटा आश्वासन दिदै केही गिरोह हरु निरन्तर रुपमा सक्रिय भयको त्यसको लागि खाची नरपानीका मान्छे हरु प्रयोग गरेको खबर गोप्य रुपबाट बाहिरीको छ। दलालहरु तत्कालीन आफ्नो सिमित फाईदाको लागि अनेक टिक्डम र प्रपन्च गरि रहेका छन। 

जनता हरुलाई झुक्काउने र फसाउने खेल गर्न लागेको बुझियको छ। सरकारको एउटा खानी बिभागले अनुमती दिय होला  तर सार्बभौम सप्पन्न जनताको को अनुमती र निजि सम्पती कुनै पनि प्राइभेट कम्पनीले सरकारको डर देखायर हड्प्न कानुन सम्बत नपाउने ब्यबस्था रहेको छ। यदि कतै दलाल र कुनै अप्रत्यक्ष अदृश्य रुपमा राजनीतिक दबाबमा यदि नगरपालिका ले यस्तो निर्णय गरे तत्काल कानुनी उपचार र संघर्ष दुबै चर्काउने चेतावनी एक जना स्थानीयले अर्घाखाँची बुलेटिनलाई जानकारी गराए।

उनका अनुसार खाची नरपानी र स्थानीय केही युबा हरुलाई प्रभोलनमा पारी दिनहु नरपानीमा लाखौं को पार्टी हुने र त्यहा बाट अनेक षड्यन्त्र गरि रहेको जानकारी दिय। र केही सामाजिक द्रोही  र दुष्ट हरुले ठूलो रकम त्यसको ठेका लियको बुज्नमा आएको छ।

अर्घाखाँचीमा नरपानी र खाचिमा चुनढुङ्गा उत्खनन हुदा त्यसको परिणाम, सामाजिक बिकृती र सुन्दर पर्यावरणको बिनास भयको जलन्त उदाहरण हुदा हुदै पनि केही स्वार्थी हरु अनेक लोभ र लालच मा अन्धो हुनु एउटा सामाजिक कलन्क हो। खाची नरपानीका पहाड हरु भत्कायर जिल्लाको बाटोको अवस्था लगायत अनेक समस्या हरु समय समय मा हामीले सुनेका छौं।

यस सम्बन्धमा कुनै पनि राजनीतिक दलले मुख खोलेका छैनन, गरिब र सोझा जनताको बिषयमा नेताहरू ले आदर्श भाषण गरे पनि यथार्थ र ब्यबहारिकमा दलाल र माफियाको शरण नपरी राजनीति डुङ्गा कसरी चल्छ र?

खाचिको चुनढुङ्गा उत्खनन पनि जिल्ला काङ्ग्रेसले बन्द गर्ने जिल्ला समितिको निर्णय नै छ। जनताहरुलाई यो डर छ कि कतै जिल्ला का नेताहरू केही स्वार्थमा माफियाको शरणमा पर्नेत होइनन्।

भुमिका स्थान नगरपालिकाले स्पष्ट पारिसकेको छ यो उत्खनन ले खिल्ली असुरकोट लगभग ४००० घरधुरी लाई जीवन उपयोगी पानीको तत्कालीन लागायत दीर्घकालीन असर पर्ने बाताबरण तथा पर्यावरणमा प्रतिकुल प्रभाव पार्ने, समाजिक कलह सामाजिक सद्भाव खलल हुने, सामाजिक ससकृती र कृषि मा नकारात्मक असर पर्ने,। यसका बाबजुद पनि पैसाको शक्ति देखाउदै सोझा जनताको मजबुरिको फाइदा उठाउदै, आज दिनहु नरपानीमा लाखौं का पार्टी र रकसी मासु भोज भतेर गरेर भ्रम पारिदै छ।

यदि कुनै षड्यन्त्र बाट र दबाब बाट नगरपालिका ले यस्तो अपराधीक निर्णय गरे शशक्त आन्दोलन सगै कानुनी उपचार खोज्ने एक जना स्थानीय ले बताए। यस्तो पैसाको शक्ति को भरमा समाजलाई बेच्ने हरुलाई खबरदारी गर्न सम्पुर्ण बुद्धिजीवी नागरिक समाज प्रशासन पत्रकार लगायत राजनीतिक दलहरुलाई आव्हान  समेत गरेका छन।

प्रतिक्रिया दिनुहोस्