भुमिकास्थानको राजिमे बाट अवैध हतियार सहित दुई जना पक्राउ

| २०७९ असोज ११ गते १९: १८ मा प्रकाशित

कमला घिमिरे ,सन्धिखर्क। अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर १ राजिमेमा अवैध हतियार सहित दुई जना ब्याक्तिहरु पक्राउ परेका छन्। 

भुमिकास्थानको १ को राजिमे स्थित भरुवा बन्दुक साथमा लिई हिंडेको भन्ने गोप्य  सुचनाको आधारमा प्रहरी चौकी ढाकावाङ बाट प्र.ना.नि ठाकुर प्रसाद थारुको नेतृत्वमा खटिएको प्रहरी टोलीले ओखट्टे निवासी ४० बर्षिय जितेन्द्र भुसाल र ३७ बर्षीय फर्सुराम खनाललाई अवैध हतियार सहित पक्राउ गरेको हो। 

पक्राउ पर्ने भुसाल र खनाल बाट प्रहरीले अवैध भरुवा बन्दुक थान १ वरामद गरेको छ। अवैध हतियार सहित पक्राउ पर्ने जितेन्द्र भुसाल,र फर्सुराम खनाललाई जिल्ला प्रहरी कार्यालय  अर्घाखाँचीबाट आवश्यक कानुनी  प्रकृया अगाडी बढाईएको खबर प्राप्त भएको छ।

प्रतिक्रिया दिनुहोस्