१० हजार भोटकाे अन्तरले चुनाव जित्ने :टाेपबहादुर रायमाझी

| २०७९ कार्तिक २० गते १९: ०० मा प्रकाशित

पुजा केसी अर्घाखाँची। नेकपा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझीले कुनै तागतले आफुलाई पराजित गर्न नसक्ने बताउनुभएको छ । नेकपा एमाले द्वारा भुमिकास्थान नगरपालिका वडा नं. ८ का विभिन्न ठाउँमा आयोजित  चुनावी कार्यक्रममा मन्तव्य राख्दै उहाँले कम्तीमा १० हजारको मतअन्तरले चुनाव जित्ने ठोकुवा गर्नुभयो । जिल्लामा अर्बौंको बजेट ल्याई अर्घाखाँचीको मुहार नै फेर्ने गरि काम गरेको भन्दै उहाँले मतदाता नेकपा एमालेको पक्षमा मतदान गर्न आतुर रहेको बताउनुभयो । 

जिल्लाको बिकासको निम्ति सिन्को नभाँच्ने र चुनाव जित्नैको निम्ति अर्घाखाँची घर बताउने अतिथि उम्मेदवारलाई जनताले राम्रोसँग चिनेको भन्दै उहाँले चुनावले सबै कुराको छिनोफानो गर्ने दावी समेत गर्नुभयो । जिल्लामा पुर्वाधारको धेरै  काम भएको भन्दै अब आफ्नो ध्यान स्वरोजगारी तर्फ केन्द्रीत हुने उहाँको भनाइ छ।

नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभाको सदस्य पदका उम्मेदवार रायमाझी जिल्लाका निक्कै लोकप्रिय नेता हुनुहुन्छ ।कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका केन्द्रीय सदस्य  बाेमबहादुर बि.क.ले मंसिर -४ पछि नेकपा एमालेको सरकार बन्ने ठोकुवा गर्नुभयो । उहाँले यो चुनावमा राष्ट्रवादी नेकपा एमाले र राष्ट्रघाति दलालको प्रतिनिधित्व गर्ने गठबन्धनका बीच प्रतिष्पर्धा देखिए पनि अन्ततः जित नेकपा एमालेकै हुने बताउनुभयो ।

नेकपा एमाले प्रदेश कमिटीका सदस्य द्वय प्रेमनारायण गैरे र लिला जि.सी.ले चुनाव पछि गठबन्धनमा मारामार हुने बताउँदै नेकपा एमालेको पक्षमा मतदान गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा भुमिकास्थान पालिका कमिटीका अध्यक्ष मणि  पाैडेल,जिल्ला कमिटी सदस्यहरू  रेशम थापा, बसन्ता पाैडेल, प्रेम थापा, पार्टी प्रदेश प्रचार विभाग सदस्य अर्जुन भुसाल लगायतकाे उपस्थिति रहेको  थियो ।

प्रतिक्रिया दिनुहोस्