भुमिकास्थान को श्री जन जागृति माविमा वार्षिक करोडौँ बजेट आएतापनि सहि सदुपयोग हुन सकेन

| २०८० बैशाख १७ गते १६: २२ मा प्रकाशित

गुरुदेव खनाल ,सन्धिखर्क। अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वडा न १० धनचाैरमा रहेकाे श्री जन जागृति मा वि २०७६ सालमा नमुना मा वि काे  रूपमा घोषणा भएकाे  र वार्षिक कराेडाै बजेट बिधालयमा आयतापनि सहि सदुपयोग हुन नसकेकाे देखिन आएकाे छ।

आर्थिक वर्ष २०७७/०७८ काे १कराेड ५० लाखले खरिद प्रकृया अनुसार भवन निर्माण भएकाे र तेस पछि प्रकृयामा काम गर्दा कमिसन नअाउने भएकाेले विभिन्न बाहानामा रकम दुरूपयाेग गरेकाे देखिन आएको छ ।

आर्थिक वर्ष २०७८/०७९ काे  भाैतिक निर्माण तर्फकाे रू १कराेड कार्यानन्वन गर्न नसकि रू ५० लाख फिर्ता गरेकाे साथै बाकि रकम पनि निर्माण समितीकाे बाहानामा सुरूमा सिनर्जि लाई कामगर्ने जिम्मा दिएको र पछि स्थानिय ठेक्दारलाइ बिना प्रतिस्पर्धा दिएकाे र कागजि कार्वाहि समितीले गरेकाेमा र हाल प्रतिस्पर्धामा काम गर्दा ठेकेदारले ३०/३५ प्रतिसत छाेडेर काम गर्ने गरेकाेमा बाकि रकम कस्ले खायाे?कानुन मा तेहि लेखेकाे छ ।

यस्काे जवाफ पारदर्शी वन्कालागि प्रेमलाल शमालाई समितीकाे अधयक्ष पदबाट हटाइ अध्यक्ष बनेका वि व्य स अध्यक्ष र कानुनमा आफुलाई अब्बल ठान्ने प्रधानाध्यापक ले जवाफ दिनुहुनेछ ।साथै आ व २०७९/८०काे भाैतिक निर्माण तर्फकाे रू १ कराेड पनि  समय अभाव देखाएर चाेरी बाटाे खाेज्न थालेकाे बुझियकाे  छ।

भुमिकास्थान नगरपालिकाकाे रू ५लाख माथिकाे काम टेन्डर प्रकृयाबाट नै गर्ने कार्यविधि खरिद नियमाबलि र जनताकाे चाहाना अनुसार काम किन नगर्ने  रू १५०००० काे फर्निचर सामान खरिदगर्न  ६ जनाकाे टिम जान्छ ३ दिन बस्छ लुम्बिनीको भर्मण गरेर ३ दिनमा फर्कन्छ बिना प्रतिस्पर्धा २५ लाख खरिद समितीका नामना खर्च गर्दछ, के धन्चाैरमा जे गरेपनि कानुन लागदैन यश बिषयमा सबैकाे ध्यान जावस कुनै मानेमा अब हुने काम खरिद प्रकृयामा रहेर गरियाेस गत वर्षकाे काम अहिले सम्पन्न भयाे र अहिलेकाे काम अहिले नै किन गर्न नसकिने यश बिषयमा नगरपालिका र वडा कार्यालय समेत जवाफदेहि हुनुपर्नेमा वडा कार्यालय समेत मौन किन ?

प्रतिक्रिया दिनुहोस्