भारतमा घरको दोश्रो तला बाट खस्दा भुमिकास्थानका एक युवकको उपचारको क्रममा मृ'त्यु

| २०८० बैशाख २० गते १३: ३४ मा प्रकाशित

कमला घिमिरे ,अर्घाखाँची।
बैशाख २०।जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर ७ पानडाँडाका २९ बर्षिय किशोर श्रेष्ठको निर्माणधिंन अवस्थामा रहेको घरको दोश्रो तला बाट खस्दा मृ,त्यु भएको छ।  

मृतक किशोर श्रेष्ठ पानडाँडा निवासी तिलक श्रेष्ठका छोरा हुन्। उनि अप्रिल १० तारिख आफुले काम गर्दै आईरहेको भारतको मोतिबागमा रहेको एक बिल्डिंग को दोश्रो तलाको झ्याल बाट एक्कासि खस्दा गम्भीर घाईते भएका थिए। 

किशोर श्रेष्ठको सफदरजंग हस्पिटलको ट्रमासेन्टरमा उपचारको क्रममा २ मे का दिन साँझ करिव १० बजेको समयमा दुखद निधन भएको छ। 

यस दुःखको घडिमा दिबंगत आत्माको चिरशान्तिको कामना सहित भावपुर्ण हार्दिक श्रदान्जली ब्यक्त गर्दै शोकाकुल परिवारजन प्रती अर्घाखाँचीबुलेटिन परिवार गहिरो समबेदना प्रकट गर्दछौँ।

प्रतिक्रिया दिनुहोस्