ढाकावाङ्गको बस्तीमा आगो लाग्दा ५ जना घाइते: थप उपचारको लागि पाल्पा रिफर

| २०८० बैशाख २६ गते १७: २३ मा प्रकाशित

गुरुदेव खनाल ,सन्धिखर्क। अर्घाखाँचीको भुमिकास्थान-२ ढाकावाङ्गको जोगिथुमको जङ्गलमा लागेको आगो बस्तीमा पस्दा ५ जना घाइते भएका छन् । घर थारोमा आगो जानथालेपछी नियन्त्रणमा लिन खोज्दा जलेर स्थानीय ५ जना  घाइते भएका हुन्।

आगो निभाउने क्रममा भएका घाइते पाचै जनालाई जिल्ला अस्पताल अर्घाखाँचीमा प्राथमिक उपचार पछी थप उपचारको लागि पाल्पा रिफर गरिएको बताइएको छ।

चर्को घाममा हावासहित लागेको आगो घर्तीटोलमा पसेपछि स्थानीय शिव वेल्वासे र पदम वेल्वासेको थारो जलेर नष्ट भएका छन् । स्थानीय बासिन्दा,जनप्रतिनिधि र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिएसंगै घरहरु जोगिएको भुमिकास्थान-२ का वार्ड अध्यक्ष बुद्धि बहादुर थापाले जानकारी दिनुभएको छ ।आगोमा परि गोठमा रहेको एउटा दु'हु'नो भैंसी घाइते भएको र एउटा पाठो मरेको खबर प्राप्त भएको छ।

प्रतिक्रिया दिनुहोस्