कल्याण खनालद्वारा आफ्नो जन्मदिनको अवसरमा गरिब, विपन्न र असायहरुका लागि राहत सामाग्री वितरण

| २०८० जेठ २७ गते १३: १७ मा प्रकाशित

गुरुदेव खनाल ,सन्धिखर्क। अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालीका १,जन्म घर भै हाल कपिलवस्तुको बुद्धभूमि नगरपालिका ४ कल्याण खनालले जन्मदिनको अवसरमा अति गरिब, विपन्न, असायहरुका लागि राहत सामाग्री वितरण गरेका छन। शुक्रबार जन्मदिनको अवसर पारेर खनालले आफ्नै गाउँका ३० जनालाई गरीब,असायलाई  राहत सामाग्री वितरण गरेका हुन्।

 गरीब,असायलाई  राहत सामाग्री वितरण 

खनालले १५ किलो चामल, १.५ लिटर तेल, २ किलो आलु, १.५ किलो प्याज, एक पाकेट नुन, १ केजी दाल, साबुन, सरफ, जिरा,धनिया,बेसार लगायतका सामाग्री सहयोग गरेका थिए ।

सहयोग हस्तान्तरण कार्यक्रममा बुद्धभूमि नगरपालिका वडा ४ का वडा अध्यक्ष सुशील कुमार चौधरी, नेपाली कांग्रेसका प्रभावशाली नेता विरेन्द्र मिश्र, युवा नेता रुपक खनाल, रुद्रलाल बन्जाडे, लेखनाथ खनाल लगायत स्थानीय बुद्धिजीवीको उपस्थित थिए ।

कार्यक्रममा बुद्धभूमि नगरपालिका वडा ४ का अध्यक्ष सुशील कुमार चौधरीले जन्मदिनको अवसरमा असायअसक्त व्यक्तिलाई सहयोगको कार्यले उनीहरुलाई केहि दिनका लागि भए पनि राहत पुग्ने बताउदै, यस्ता कार्य गर्न कल्याण भाईले अन्य व्यक्तिलाई पनि प्रेणा दिएको बताउनु भयो।

जन्मदिनमा होटलमा गइ फजुलको खर्च गर्नुभन्दा यसरी गरिब, दुखि र असायलाई सहयोग गर्नु, पून्यको काम भएको नेपाली काग्रेसका प्रभावशाली नेता विरेन्द्र मिश्रले बताउनुभयो। आफु जापानमा रहेर पनि आफ्नै ठाउँमा यस्तो कार्यक्रम गरेर जन्मदिन मनाउदै जादा अबका युवा युवतीलाई पनि आफ्नो दक्षता अनुसार सामाजिक कार्य गर्नु पर्छ भन्ने कामको सुरुवात कल्याणले गरेको बताउनुभयो।

 कल्याण खनालले जन्मदिनको अवसरमा अति गरिब, विपन्न, असायहरुका लागि राहत सामाग्री वितरण 

छोराको समाज सेवाप्रतिको सानै देखिको चासो र अनावश्यक खर्च गर्नु भन्दा आफ्नै ठाउँका विपन्न वर्गका व्यक्तिलाई केहि सहयोग गर्ने मनसाय बनाएकाले राहत सामाग्री वितरण गरिएको ठाकुर प्रसाद खनालले बताउनुभयो कल्यान खनाल सानै उमेर देखि बिद्रोही स्वभावका  थिए । 

उनले आफ्नो समाजमा भएको भ्रष्टाचार , अन्याय, अत्याचार विरुद्ध आफु बिदेशी  भुमिमा मै भएपनि निरन्तर रुपमा आबाज उठान गरिरहेका छन ।

प्रतिक्रिया दिनुहोस्