भुमिकास्थानमा खोस्टा (पोस्कर) बाट हस्तकला विभिन्न उत्पादन सम्बन्धी ३० दिने सिपमुलक तालिम सम्पन्न

| २०८० कार्तिक १२ गते २१: ५६ मा प्रकाशित

विकास सुनार भूमिकास्थान। "कृषी पर्यटन , उद्योग र स्वरोजगार समृद्व भूमिकास्थानको मूल आधार " मकैको खोस्टा ( पोस्कर ) बाट हस्तकला विभिन्न उत्पादन सम्बन्धी ३० दिने सिपमुलक तालिम सम्पन्न भएको छ। 

 अर्घाखाँची जिल्लाको  भूमिकास्थान नगरपालिकाले वडा नं १ र २ का वेराेजगार युवा तथा महिलाहरुला  स्वराेजगार कार्यक्रम अनुसार सिप मुलक कार्यक्रम  मकैकाे पाेस्कर  वाट टाेपि र झाेला वनाउने तालिम सुचारु गरेकाे छ ।हराउदै गएको परम्परागत मौलिकताले निरन्तरता पाउला!याे मकैकाे पाेस्कर वाट वुनेकाे टाेपि हाे ।यसकाे मूल्य १ हजार पर्छ ।

 मकैकाे पाेस्कर  वाट टाेपि 

यसकाे मार्केट जापान लगायत ८ देशमा छ । याे नयाँ कार्यक्रम हाे । यस कार्यक्रम बाट स्थानीय व्यक्तीहरु तथा लोप हुदै गएको सिप लाई प्राथमिकता दिदै यो कार्यक्रम सुभारम्भ गएको हो । 

उक्त कार्यकममा भूमिकास्थान नगरपालिका मेयर, उपमेयर , वडा अध्यक्ष तथा स्थानिय जनप्रतिनीधि उपस्थती रहेको थियो ।

तस्विर : नारायण प्रसाद खनाल

प्रतिक्रिया दिनुहोस्