अर्घाखाँचीमा एक पुरुष मृत फेला

| २०८० मंसिर २ गते १९: २१ मा प्रकाशित

जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. ३ सिख्रास्थित भीरमा एक पुरुष मृत फेला परेका हुन् । मृत फेला पर्नेमा गुल्मीको धुर्कोट गाउँपालिका वडा नं. २ पिपलधारा बस्ने ३६ वर्षीय खुम बहादुर घर्ती रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

कात्तिक २९ गते अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नं. ३ सिख्रास्थित आफ्नो दिदी कमला घर्तिको घरमा तिहारको टिका लगाउन भनी हिँडेका घर्ती शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीको भनाई छ । 

प्रहरीका अनुसार टिका लगाउन घरसम्म नपुगेपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्