भुमिकास्थानको पान्डाँडामा एक पसलमा गयराति चोरीको प्रयास

| २०८० मंसिर १० गते १५: ४५ मा प्रकाशित

राकेश रायमाझी ,पान्डाँडा।जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर ७ पान्डाँडाको एक पसलमा गयराती चोरीको प्रयास भएको छ। 

पान्डाँडाको बखोरमा निवासी बिमला केसीको पसलमा चोरले गयराती करिव १ देखि २ बजेको बीचमा पसलका झ्यालढोका तोडफोड गरी चोर्ने प्रयास गरेको हो। 

पसल नजिकै रहेका छिमेकीहरुले मध्येरातमा झ्यालढोका हतौडिले  तोड्दै गरेको आवाज सुनेपछि चोरलाई पक्राउ गर्न हारगुहार गर्दा चोर भाग्न सफल भएको स्थानीय बताउछन्। प्राप्त खबर अनुसार १ जना चोर ले मान्छे हेर्ने अर्कोले पसल का झ्याल ढोका हतौडिले तोडेर पसल भित्र छिर्ने प्रायस गरेको बुझिएको छ। 

भुमिकास्थान मा केहि दिन अघि मात्र कुलदेवता लाई भनेर राखेको एक बो'का खोर बाट चोरी भएको थियो। 

प्रतिक्रिया दिनुहोस्