भूमिकास्थान ०७ चिदिचौर संयुक्त क्लब द्वारा मन्दिर मर्मत कार्य सम्पन्न

| २०८० मंसिर १६ गते २१: २५ मा प्रकाशित

विकास सुनार, भूमिकास्थान ।अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं ०७ चिदिचौरमा रहेको ऐतिहासिक मन्दिर (  थाम्का मन्दिर ) चिदिचौर संयुक्त क्लब  द्वारा मर्मत गरिएको छ । 

चिदिचौर संयुक्त क्लब द्वारा देउसी भैलो खेलेर जम्मा गरेको केही रकम बाट मन्दिर मर्मत गर्न  लागिएको चिदिचौर संयुक्त क्लब का निर्देशक सन्तोष सुनार र भोजराज सुनारले जानकारी  दिनुभएको छ । 

थाम्का मन्दिर

चिदिचौर संयुक्त क्लबले मन्दिर सफा गर्ने , रङ लगाउने ,चर्किएको ठाउँमा मर्मत गरेको हो।

प्रतिक्रिया दिनुहोस्