आफ्नो छोराको जन्मोत्सव मा दुई वटा बिद्यालयलाई स्कुलका पोशाक र खाजा नास्ता

| २०८० फागुन १२ गते १७: १७ मा प्रकाशित

भुमिकास्थान ,फाल्गुन १२। जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर ३ का कार्यपालिका सदस्य मान बहादुर सुनार को नाति महेन्द्र सुनार को छोरा मुस्कान सुनारको जन्मोत्सव मा दुई वटा बिद्यालयलाई स्कुलका पोशाक र खाजा नास्ता उपलब्ध गराईएको छ। 

जन्मोत्सव

भूमिकास्थान ३ को सिख्रमा अवस्थित श्री गौरी आधरभुत विद्यालय का १२ जना असाय तथा जेहेन्दार बिद्यार्थीहरुलाइ पोशाक र खाजा नास्ता शैक्षिक समाग्री र सोहि वडाको हिले थारपाहिला मा अवस्थित श्री प्राभाकर माविका १२ जना बिद्यार्थीहरुलाइ पोशाक र खाजा नास्ता शैक्षिक समाग्री हस्तान्तरण संगै ,खाजा  नास्ता खुवाईएको थियो। 

मुस्कान सुनारको जन्मोत्सव
जन्मोत्सव..
जन्मोत्सवमा दुई वटा बिद्यालयलाई स्कुलका पोशाक र खाजा नास्ता उपलब्ध

प्रतिक्रिया दिनुहोस्