दिगो विकास र समृद्धिको निम्ती राज्यलाई कर तिर्नुपर्छः नगरप्रमुख थापा

| २०८० फागुन २२ गते १७: ०३ मा प्रकाशित

गोपाल प्रसाद भट्टराई
फागुन–२१,अर्घाखाँची।अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा एकदिने करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । भुमिकास्थान नगरपालिकाको संयोजन र करदाता सेवा कार्यालय सन्धिखर्कको आयोजनामा वर्तमान कर व्यवस्था तथा आर्थिक विद्येयक २०८० मा भएका छुट सुविधाहरुको बारेमा जानकारी दिने उदेश्यका साथ कार्यक्रम गरिएको हो । 

कार्यक्रमलाई सम्बोधन गर्दै भुमिकास्थान नगर प्रमुख झविलाल थापाले राष्ट्रको विकासमा करको योगदान अतुलनिय रहेको बताउनुभएको छ । दिगो विकास र समृद्धिको निम्ती आ–आफ्नो ठाउँबाट सबैले कर तिर्नुपर्नेमा नगरप्रमुख थापाको जोड रहेको छ । कर प्रशासन थप जिम्मेवार र उत्तरदायी हुनुपर्ने पनि नगरप्रमुख थापाको धारणा छ । कर तिर्ने सहज वाताबरणको सिर्जना गरी करदाताको सम्मान गर्ने गरि अगाडि बढ्न आग्रह समेत गर्नुभएको छ ।


 भुमिकास्थान नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द आचार्यले नागरिकको दायित्व अन्तर्गत कर तिर्ने कार्य समेत परेको बताउँदै समयमा कर तिर्न र करको नियम पालना गर्न संवद्ध सबैलाई अपिल गर्नुभएको छ । आउनुपर्ने सबै करको दायरमा जोडिएर राज्यलाई समृद्धिको यात्रामा लैजान हातेमालो गर्नुपर्ने उहाँको तर्क छ । 

कार्यक्रममा सहभागी भुमिकास्थानका विद्यालयमा लेखा हेर्ने शिक्षक, कर्मचारी, सहकारीका लेखा हेर्ने पदाधिकारी तथा प्रतिनिधि सहित उद्योगी र व्यवसायीले कर सम्बन्धी विभिन्न जिज्ञासा समेत राखेका थिए । 

कार्यक्रममा करदाता सेवा कार्यालय सन्धिखर्कका कर अधिकृत महेन्द्र पुरी र भुमिकास्थान नगरपालिकाका उद्योग तथा सहकारी शाखा अधिकृत शंकर अधिकारीले कारोबारको लेखा कसरी राख्ने ? बिल, बिजक कसरी जारी गर्ने ? कति कारोबार हुनेले कस्तो विवरण पेस गर्ने ? विवरण तथा कर दाखिला कहिले गर्ने ? लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । 

भुमिकास्थानका कम्प्युटर अधिकृत शेषकान्त घिमिरे ओसनको संचालन र करदाता सेवा कार्यालय सन्धिखर्कका नासु टोप बहादुर गुरुङको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको भुमिकास्थानका उद्योग तथा सहकारी शाखा अधिकृत अधिकारीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्