कृषिमा आत्मनिर्भर तर्फ अघि बढ्दै भूमिकास्थान नगरपालिका

| २०८० फागुन २२ गते २०: २९ मा प्रकाशित

 बिकास सुनार भूमिकास्थान । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका अरु   पालिका भन्दा पछिल्लो समय  आफुलाई छुट्टै पहिचान दिन सफल भएकाे छ । 

नगरपालिकाले आफनो वडा भित्र रहेका  बाँजो  जमिनलाई सदुपयोग गरि  ७६ किलो प्याज खेतीलाई प्रोत्साहन गरि अर्घाखाँची जिल्ला नै प्याज खेतीमा  आत्मा निर्भर  बनाउने उद्देश्य रहेको छ । कर्मशिल जनशक्ति लगाएर नगर मै १५० वढि यूवा यूवतिलाई राेजगार  दिनुका साथै  पानीलाग्ने बाजाें जमिनमा नगरपलिकाले  खेती गर्ने सुरु गरेको छ ।  प्याज खेति , बेमौसमी लहरे वालि काक्राे , सिमलि मिर्च, तिते करेला ,कुरिलाे लगायतकाे बिरुवा तयार पारि लगाउन सूरु गरिएकाे छ ।

जसका उदेश्य  गाउँमा घरमा उत्पादन गरेकाे ताजा तरकारी उत्पादन गरि  ,  नगदि कारबार हुने तथा आफ्नाे गाउँमा रहेका  युवा युवतीलाई राेजगार दिने बाँजाे रहेका जग्गा सदुपयाेग हुने झविलाल थापाले बताउनु भएको छ । मेहेनत परिश्रम गरि आफ्नै माटोमा  आफैले उत्पादन गर्नुपर्छ भन्ने नगरवासिकाे चेतना बढाइएको हो । 

आफ्नो उत्पादन गरेर ताजा तरकारी उत्पादन हुने, समयको बचत तथा पैसाको बचत साथै सडेगलेका खानाबाट बच्ने र रोग लाग्न बाट बच्ने  फाईदा रहेका छन । बजारबाट आउने   तरकारी लाई रोकि आफ्नै गाउँघरमा उत्पादन हुने ताजा तरकारी लाई नगरपालिकाले प्रोप्साहन गरेको छ ।
             

नगरपालिकाले किसानलाई विभिन्न तालिम दिइरहेको छ जँसमा  गाउँमा घरमा  खेरजाने मकैकाे खाेस्टा ( पाेस्कर ) र जंगलमा रहेकाे थाकलकाे पातबाट झाेला , टाेपि र ढक्की लयागतका सामग्री बनाउने तालिम दिइएको थियो जसमा उक्त  तयार पारि तेस्राे मुलुककाे   बजारमा पठाईएकाे   नगर प्रमुख बताउनुभएको छ ।

पछिल्लो समयमा बढ्दो विदेश पलयन हुनेहरुको सङख्या दिनप्रतिदिन बढिरहेको छ । बढ्दो विदेश पलायन केही हदसम्म भएपनि  कम गर्न र युवालाई रोजगारी दिने , विभिन्न  तालिम सिकाउने, युवालाई प्रोप्साहन गर्न साथै नगरपालिका लाई समेत छुटै पहिचान  दिन सफल  भएको छ ।

प्रतिक्रिया दिनुहोस्