चुनढुङ्गा उत्खननको लागी सडक निर्माण कार्य धमाधम चलिरहदा भुनपा ९ का वडा अध्यक्ष चुँदाली बेखबर

| २०८० चैत ४ गते १९: ४७ मा प्रकाशित

बिकास सुनार ,भुमिकास्थान। भुमिकास्थान नगरपालिका ९ का वडा अध्यक्ष खेम राज चुदालिले चुनढुङ्गा उत्खनन् प्रारम्भ भएको विषयमा आफुलाई कुनै जानकारी नभएको बताएकाछन्  छन्।

चुदालिका अनुसार नगरले हुन्न भन्दाभन्दै खानी विभागलाई पत्र पठाएको छ  । खानी विभागले लाइसन्स लिएर खानी उत्खनल सुरु गरेको आफुहरुले हिजो मात्र थाहा पत्र मार्फत थाहा पाइएको बताउनु हुन्छ। 

लाइसन्स प्रदान गरिएको सम्पूर्ण वडा अध्यक्षलाई थाहा भएको बताउनुहुन्छ ।चुनढुङगा उत्खनन् रोक्न अब त्यहाँका स्थानियले उठे मात्र रोकिन्छ नत्र रोकिन गाह्रो हुने बताउनु भएको छ। 

चुरे दोहन जस्तो गम्भीर बिषयमा वडा कार्यालय र वडा अध्यक्षलाई नै जानकारी नहुने बेखबर रहनुले झनै गम्भीर मोड लिन सक्ने स्थानीय बताउछन। 

प्रतिक्रिया दिनुहोस्