चुनढुङ्गा उत्खननमा नगरपालिका प्रमुखको किर्ते हस्ताक्षर गरि उत्खनन स्वीकृत भयो भनी खानी बिभागलाई पत्र दियो कस्ले ?

दोषीलाई कार्बाहीको दायरामा ल्याइने नगरप्रमुखको प्रतिबद्धता ,किर्तेमा बिजया सिमेन्ट प्रालीको संग्लनता भएको हुन सक्ने थापाको आसङ्का

| २०८० चैत ५ गते १६: ४७ मा प्रकाशित

केशब पन्थी ,अर्घाखाँची। अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर ९ सान्डेवामा चुनढुङ्गा उत्खन्नको  अनुमती  सहितको पत्र  खानी बिभागलाइ दिनेलाइ कार्बाहिको दायरामा ल्याउने भुमिकास्थान नगरपालिकाका प्रमुख झबिलाल थापाले बताउनु भएको छ ।   

अर्घाखाँची बुलेटिनको कार्यक्रम बिशेष प्रतुतिमा बोल्दै थापाले आफुलाइ गलत देखाउन जो सुकैले यो गलत कार्य गरेको भए पनि त्यसलाई  कानुनी दायरामा ल्याउने बताउनु भयो । 

चुनढुङ्गा उत्खननमा पुग्नको लागि बाटो खन्ने काम सुरु भइ सकेको र नगरपालिका बेखबर रहेको भन्दै अर्घाखाँची बुलेटिनले स्थलगत रिपोर्टिङ गर्दै नगर प्रमुखलाइ जानकारी दिएको केही समयमै बाटो खन्ने कार्य बन्द भएको भए पनि फेरि खन्न सुरु भएको भन्ने थाहा पाएपछी थापाले  प्रहरी लगाएर रोक्न लगाइएको बताउनु भएको छ ।

उक्त स्थानमा चुनढुङ्गाको  उत्खनन गर्नै  नहुने भनी कार्यपालिका बैठकले निर्णय गर्दा पनि उत्खनन हुने स्थान सम्मको लागि बाटो खन्ने कार्य गर्नु कानुन र नितिलाइ नटेरेको ठहरिने भन्दै उहाले आफू कुनै पनि हालतमा उत्खनन गर्न दिने पक्षमा नभएको बताउनु भयो । 

उता भुमिकास्थान नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष खेमराज चुदालिले पनि खानेपानीलाइ असर गर्ने भए उत्खनन् गर्न नहुने बताउनु भएको छ । तर खानेपानीलाइ समस्या हुदैन भने  उत्खनन् गर्ने कार्यको आफू बिरोधि नभएको बताउनु भयो । 

उक्त् स्थानमा उत्खनन् गर्दा भुमिकास्थानको ६,७,८,९ वडाका  बासिन्दालाइ खानेपानीको समस्या निम्तने र नजिकै बस्ती भएका कारण ध्वनी ,वायु र पर्यावरणमा असर हुने भन्दै बिरोध हुँदै आएको  छ ।

यसैबिच चुनढुङ्गा उत्खननको लागि आफुहरुले आर्थिक अभाब पुर्ती गर्न र रोजगारी पाउने आश्वासन पाएकोले आफ्नो जग्गामा उत्खननको अनुमती दिएको जग्गा उपलब्ध गराएका स्थानियले बताएका छन ।

नगरपालिका अध्यक्ष र वडाध्यक्ष सङ्ग गरिएको विशेष कुराकानी अर्घाखाँची बुलेटिनको फेशबुक पेज मार्फत हेर्न र सुन्न सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्