भुमिकास्थानमा आगलागी बाट एक घर र दुई गोठ जलेर पूर्ण रुपमा नष्ट :गरगहना सहित लाखौँ को क्षति

| २०८० चैत २९ गते २२: ४१ मा प्रकाशित

अर्घाखाँचीबुलेटिन संवाददाता । भुमिकास्थान नगरपालिका वडा नम्बर - ५ असुरकोट मा आगलागी हुँदा लाखौँको क्षति भएको छ। 

ब्याक्तिगत खरयान मा सिठा जलाउने क्रममा उब्जिएको को भिषण आगो नाताले राईला वुवा पर्ने स्थानीय प्रेम बहादुर बेल्वासे को घरमा पस्दा एक घर र दुई वटा गोठ सहित सम्पूर्ण भौतिक साधन पूर्ण रुपमा नष्ट भएका छन्। 

आगलागी हुँदा लाखौँको क्षति


 
साथै बिष्णु बहादुर बेल्वासे को घरको एक अंश पनि जलेको खबर प्राप्त भएको छ। आगलागी बाट सुनका गरगहना लत्ता कपडा केहि नगद पैसा पनि जलेर नष्ट भएको जानकारी आएको छ। 

प्रतिक्रिया दिनुहोस्