ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजकाे आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न

| २०८१ बैशाख २४ गते १७: ३५ मा प्रकाशित

बुटवल ।अर्घाखाँची ढाकावाङ्ग- रुपन्देही सम्पर्क समाजकाे आयोजनामा कपिलवस्तुकाे वाणगंगा नगरपालिकाकाे जिनुवामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ।

ढाकावाङ्ग- रुपन्देही सम्पर्क समाजका सल्लाहकार दिनामणी अधिकारीका आमा स्व. देवी अधिकारीकाे नवौं दिनको पुण्य तिथीमा श्रद्धाञ्जली सभा सम्पन्न भएको भएको हो ।

श्रद्धाञ्जली सभामा संस्थाका अध्यक्ष कृष्णप्रसाद खनाल, सल्लाहकार कमलप्रसाद खनाल र सह-सचिव टेकराज भुसालले शोक मन्तव्य राख्दै संस्थालाई अतुलनीय क्षति पुगेको बताउनु भयो ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष ज्ञानप्रसाद खनाल कार्यसमितिका सदस्यहरु, सल्लाहकारहरु र शुभ-चिन्तकहरुकाे उपस्थिति रहेको थियो। स्वर्गीय अधिकारीको ७५ वर्षको उमेरमा बैशाख १६ गते  निधन भएको थियो।

प्रतिक्रिया दिनुहोस्