धारापानी आगलागीबाट घरवारविहीन परिवारलाई अमेरिकामा बस्ने बन्जाडेकाे आर्थिक सहयोग

| २०८१ बैशाख ३० गते २२: ५७ मा प्रकाशित

टेकराज भुसाल,अर्घाखाँची। जिल्लाको भूमिकास्थान नगरपालिका-३ धारापानीका आगलागीबाट घरवारविहीनलाई अमेरिकामा बस्ने बिमल बन्जाडेले आर्थिक सहयोग गरेका छन्।

भूमिकास्थान-३ धारापानी सिख्र घरभई राेजगारीका निम्ति अमेरिकामा गएका बन्जाडेले गत बैशाख ८ गते लागेको आगलागीबाट घरवारविहीन भएका परिवार मध्ये घर बनाउने सुरु गरेका ३ परिवारलाई २० / २० हजारका दरले तथा भैंसी मरेकोलाई ५/५ हजार, पाडा मरेकोलाई ३/३ हजार, गरुँ मरेकोलाई २/२ हजार, बाख्रा मरेकालाई १/१ हजार र घरवारविहीन भएका अन्य ११ परिवारलाई १ लाख २ हजार रकम भूमिकास्थान नगरपालिकाका उपप्रमुख तथा अमेरिकामा बस्ने बन्जाडेका बुवा बालकृष्ण बन्जाडे र दाइ सन्तोष बन्जाडेले पीडित परिवारलाई हस्तान्तरण गर्नुभएको हो।

प्रतिक्रिया दिनुहोस्